Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कपिलवस्तु नगरपालिकामा कार्यरथ ईलेक्ट्सियनको करेन्ट लागेर मृत्यु

नगरपालिकाको कार्यालय र सवै वडा कार्यालयहरुमा एक दिन शोक विदा हुने ।

कपिलवस्तु

करेन्ट लागेर कपिलवस्तु नगरपालिकाका ईलेक्ट्सियन जितमन प्रसाद कान्दुको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिकाको वडा नं। १ हुलाक कार्यालय जाने बाटोको विद्युत पोलमा बल्ब फेर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

विद्युतको मेन लाईनको तारमा छोईएर हातमा करेन्ट लागे पछि करेन्टको झड्काले कान्दु जमिनमा खसी घाईते भएका थिए । घाईते कान्दुको उपचारको क्रममा शुक्रवार राती चितवन स्थित पुरानो मेडिकल कलेजमा उनको मृत्यु भएको कपिलवस्तु नगरपालिकाले जनाएको छ ।

५२ वर्षीय मृतक कान्दुको निधन प्रति कपिलवस्तु नगरपालिकाले गहिरो दुख व्यक्त गरेको छ । कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, उपप्रमुख लक्ष्मी देवी गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विमल राज आचार्य लगायतले मृत आत्माको चीर शान्तिको लागि कामना गरेका छन् ।

मृतक कान्दुको शव चितवनबाट तौलिहवा तर्फ ल्याउने तयारी भएको उनले बताए । कानुनी प्रक्रिया पुरा गरी शव परिवारजनलाई बुझाईने प्रहरीले जनाएको छ । स्वर्गीय कान्दुको निधनमा नगरपालिकाले शोक व्यक्त गर्दै कपिलवस्तु नगरपालिकाको कार्यालय र सवै वडा कार्यालयहरुमा एक दिन शोक विदाको घोषणा गरेको प्रमुख प्रशासकीय अधिकृत विमल राज आचार्यले बताए । मृतक कान्दुकी १ श्रीमती र ४ जना छोरी रहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP