Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले जित्यो एनपिएलको उपाधि

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितको छ। जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जित हात पारेको हो।

प्रतियोगिताको लिग चरण र क्वालिफायरमा दुई पटक सुदूरपश्चिमसँग हारेको जनकपुरले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै हारको बदला पनि लिन सफल भएको छ।

जितका लागि १८५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको जनकपुरका लागि लाहिरू मिलान्थाले सर्वाधिक ८७ रन बनाए। कप्तान आशिफ शेख ३३,मोहम्मद मोहसिन ९, जेम्स निसम ४ रन र आकाश त्रिपाठी २ रनमा आउट भए। हर्ष थाकर ३० र मयन यादव २ रनमा अविजित रहे। जनकपुरले पावरप्लेमा विकेट नगुमाइ ७१ रन बनाएको थियो।

सुदूरका लागि कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, सैफ जेव, स्कट कुग्गेलेइनले समान एक/एक विकेट लिए।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ८४ रन बनायो।

सुदूरपश्चिमका लागि ओपनरद्वय सैफ अलि जेब र विनोद भण्डारीले शानदार सुरुआत गरे। उनीहरूले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे। सैफ अलि जेब अर्धशतकीय पारी खेले। उनले ४३ बल खेल्ने क्रममा आठ चौका र दुई छक्काको साहरामा ६९ रन बनाए। साथै बिनोद भण्डारीले ३१ बल सामना गर्दै एक चौका र तीन छक्कासहित ४१ रन बटुले।

सुदूरपश्चिमका लागि अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्। ब्राण्डन म्याकमुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने स्कट कुग्गेलेइनले १३ रन जोडे। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन/तीन विकेट लिए भने जिमी निशम र ललित राजवंशीले एक/एक विकेट लिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP