Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नर्भिक अस्पतालमा पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु

काठमाडौं : नर्भिक इन्टरनेसनल अस्पतालमा पिडियाट्रिक अर्थोपेडिक (बच्चाको हाडजोर्नी) सेवा सुरु भएको छ। कन्सल्ट्यान्ट पिडियाट्रिक अर्थोपेडिक सर्जनहरू डा. नितिश विक्रम देव र डा. रुपेश ओडको नेतृत्वमा अस्पतालमा यो सेवा सुरु भएको हो।

बालबालिकामा देखिने हाडजोर्नी, हातखुट्टा र मेरुदण्डका समस्याको गुणस्तरीय उपचार सेवाका लागि अस्पतालले पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु गरेको हो।

‘जन्मेदेखि १८ वर्ष तथा बालबालिका हुँदाखेरि सुरु भएका समस्याको उपचारका लागि यो सुरु गरिएको हो,’ कन्सल्ट्यान्ट पिडियाट्रिक अर्थोपेडिक सर्जन डा. देवले भने, ‘शिशु गर्भावस्थामा हुँदादेखिको परामर्शदेखि लिएर जन्मजात हुने समस्या, विकलांगता तथा बालबालिकाको विकासमा हुने समस्या, हातखुट्टा तथा मेरुदण्डमा हुने समस्याहरुका बारेमा परामर्श तथा उपचार दिइन्छ।’

अर्का कन्सल्ट्यान्ट पिडियाट्रिक सर्जन डा. ओडले नेपालमै पहिलोपटक नर्भिकमा पिडियाट्रिक अर्थोपेडिक सेवा विभाग स्थापना गरेर उपचार सुरु गरिएको बताए।

बालबालिकामा हड्डी भाँचिने, जोर्नी खुस्किने, लिगामेन्टको चोटको समस्या, जोर्नी तथा हड्डीमा हुने संक्रमणजस्ता समस्या आउन सक्ने भएकाले तिनीहरुको निवारण तथा भविष्यमा आउन सक्ने समस्यासम्मको उपचार पिडियाट्रिक अर्थोपेडिक विभागमार्फत् गरिने डा ओडले जानकारी दिए।

बालबालिकामा हाडजोर्नीसम्बन्धी कस्ता समस्या आउन सक्छन्?

बालबालिकामा जन्मजात हातखुट्टामा टेढोपन आउने, उभिँदाखेरि घुँडामा टेढोपन देखिने, जन्मजात जोर्नी खुस्किने, मेरुदण्डको टेढोपनजस्ता समस्या देखिन सक्छन्। बेलैमा उपचार गर्ने हो भने यी समस्या निको हुन्छन्। अन्यथा यसले शारीरिक विकलांगता निम्त्याउने र पछि जीवन निर्वाहमा समेत समस्या निम्त्याउने हुन्छ।

त्यसैगरी, बालबालिकामा मांसपेशीका समस्या पनि देखिन सक्छन्। आनुवंशिक (जेनेटिक) समस्याका कारणपछि गएर मांसपेशी कमजोर हुने, असन्तुलन हुने, जन्मजात हड्डीको बनावटमा समस्या देखिने तथा जोर्नी कडा हुने हुन सक्छन्।

जसकारण पछि गएर खेलकुदमा सहभागी हुन नसक्ने समस्या पनि देखिन सक्छन्।

क्याल्सियमको कमीका कारण आउने समस्या (मेटाबोलिक बोन डिजिज), क्याल्सियम, भिटामिन डिजस्ता पोषक तत्वको कमी भएर लाग्ने रिकेटस् पनि हुन सक्छन्। यस्तै, जन्मने क्रममा घाँटीको नसामा चोट लागेर हात नचल्ने हुन सक्छ । यस्ता समस्याको बेलैमा पहिचान र उपचार गरी दीर्घकालीन रुपमा निम्तन सक्ने समस्याको निराकरण गर्न सकिन्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP