Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अवैध कल सेन्टर : सट्टेबाजीमा सक्रिय २ भारतीयसहित ७ जनामाथि म्याद थपियो

 

काठमाडौँ : ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट सीआइबीको टोलीले छापा हानेर पक्राउ गरिएका ५३ जनामध्ये ७ जना सट्टेबाजीमा सक्रिय रहेको पाइएको छ।

अन्यको पनि छानबिन तथा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ। दुई भारतीयसहित ७ जना विगतदेखि नै अनलाइन जुवामा सक्रिय रहेको पाइएपछि उनीहरुमाथि ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको सिआइबीले जानकारी दिएको छ।

‘२ भारतीयसहित ७ जनालाई अनलाइन सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थप गरी अनुसन्धान थालिएको र बाँकीको हकमा छानबिन भइरहेको छ’, सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले थाहाखबरलाई जानकारी दिए।

यसरी म्याद थप गरिएकामा विहारका मनिषकुमार झा र गुजरातका राहुल मेगोडा तथा ओखल्ढुङ्गाका मोनी दाहाल, सिन्धुपाल्चोककी सुस्मिता नेपाली, झापाका रोशन बस्नेत, काठमाडौँका आदित्यकुमार सिंह र काभ्रेका सलिन श्रेष्ठ रहेका छन्।

उनीहरुको साथबाट ८५ वटा ल्याप्टप ८२ वटा मोबाइल बरामद भएको थापाले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP