Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

खोखो विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

 

काठमाडौं : आगामी जनवरी १३ देखि १९ (पुस २९ देखि माघ ६ गते) सम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो खो विश्व कप–२०२५ का लागि पुरुष तथा महिला राष्ट्रिय टिमको घोषणा भएको छ।

नेपाल खो खो संघ अध्यक्ष प्रदिप महर्जनले नेपाल खो खो संघ राष्ट्रिय टिम तयारी समितिका अनुसार गत एक महिनादेखि कीर्तिपुरस्थित कभर्डहलमा भइरहेको बन्द प्रशिक्षणबाट छनोट गरेर १५–१५ खेलाडिसहित राष्ट्रिय खो खो टिम घोषणा गरेको जानकारी दिए।

तयारी समितिका संयोजक एवम् नेपाल खो खो संघका महासचिव शंकर महर्जनका अनुसार पुरुष तर्फ हेमराज पनेरुको नेतृत्वमा १५ जना खेलाडी रहेका छन्। जसमा जनक चन्द, समिर चन्द, विश्वास चौधरी, सूरज पूजारा, रोहित कुमार वर्मा, यमन पूरी, वेदबहादुर वली, झलक वि।क।, बिकराल सिंह रत्गैया, बिशाल थारु, राजन बल, जोगेन्द्र राना, भरत सारु, गणेश विश्वकर्मा छन्।

त्यस्तै, महिलातर्फ सरस्वती कडायतको नेतृत्वमा मानमती धामी, पुजा ओड, आशा थारु, दिपा बिक, निशा शाही, कर्मा कुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दिपा कुमारी विक,खुश्बु राना, वर्षा पण्डित, गिता चौधरी र अनिसा गोले छन्।

पुरुष टिम प्रशिक्षकमा विक्की राज महर्जन र महिला टिम प्रशिक्षकमा लक्ष्मी नारायण बैद्य छन्।

त्यस्तै अन्य प्रशिक्षकहरुमा कयामुद्दिन मनसूर र उषा कवर मगर रहेको अध्यक्ष महर्जनले जानकारी दिए।

नेपाल खो खो संघका अनुसार नेपालले पहिलो खेल जनवरी १४ तारिखका दिन बिहान १० बजे इन्दिरा गान्धि स्टेडियममा भुटानसँग खेल्ने छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP