Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लागूऔषधसहित सात जना पक्राउ

 

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन्।

झापा, मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित पाँचथर मिक्लाजुङ गाउँपालिका-४ रवि बस्ने ३१ वर्षीय दिल प्रसाद राई र २९ वर्षीया स्मारिका नेम्बाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट सिटि सफारीमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

पर्सा, वीरगञ्ज महानगरपालिका-२० हरपतगञ्जबाट लागूऔषध गाँजा ५० किलोग्राम सहित बहुदरमाई नगरपालिका-१ विश्रामपुर बस्ने ४० वर्षीय पारस यादव समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको छ।

कैलाली, धनगढी उपमहानगरपालिका-१ बसन्तटोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गोरे सुनारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP