Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

संघीय निजामती सेवा ऐनसम्बन्धी विधेयक रोकियो

काठमाडौं, असार ९

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा डेढ वर्षदेखि अल्झिएको संघीय निजामती सेवा आयोग गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रोकिएको छ ।

विवादित बुँदाहरुमा सहमति जुटाइ विधयेक पारित गर्ने प्रयास भएपनि सहमति जुट्न नसक्दा विधयेक अघि बढ्न सकेको छैन ।

संघीय निजामती विधेयक डेढ वर्षदेखि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको छ ।

सत्तारुढ सासंदहरुबीच नै सहमति जुट्न नसक्दा विधेयक कसरी अघि बढाउने भन्नेमा अलमल भइरहेको थियो । उक्त विधयेमाथि छलफल गर्न मंगलबारसम्म ५४ वटा बैठक बसिसकेका छन् ।

सहमति भइसकेको बुँदाहरुमा पनि फेरि विवाद झिक्न खोजिएको आरोप समितिका सदस्यहरुको छ ।

बैठकले विधेयकमाथि छलफल गरी आजै निर्णण गर्न लाग्दा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीले थप समय मागेर निर्णय गर्न दिनुभएन ।

मन्त्री त्रिपाठीले विधेयकलाई यसै अधिवेशनबाट पारित गर्नेमा दुईमत नभएको भन्दै समितिका सदस्यहरुको फरक–फरक मत आएकाले तत्काल पारित गर्न नसकिने बताउनुभएको थियो ।

बैठकमा नेकपा सांसद विजय सुब्बा र कृष्णगोपाल श्रेष्ठले सभापतिले सबै विषयमा सहमति जुटाएको बताएपनि सबै सदस्यहरु प्रस्ट नभएकाले छलफल आवश्यक रहेको बताउनुभयो ।

यस्तै, सचिव कलस्टर, पदपूर्तिसम्बन्धी व्यवस्था र आरक्षण प्रावधान, ट्रेड युनियनसम्बन्धी व्यवस्था टुंगो लागिसकेको भन्दै त्यसमा थप बहस गर्न अवश्यक नरहेको नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले बताउनुभएको छ ।

समयमा नै संघीय निजामती ऐन नबन्दा स्थानीय तह कर्मचारीविहीन बनेको भन्दै सहमति भइसकेको विषयमा भन्दापनि सहमति जुट्न बाँकी बुँदामा सहमति जुटाइ चाँडै विधयेक पारित गर्नुपर्ने बताउनुहुन्छ ।

यस्तै, नेकपा सांसद रेखा शर्माले समितिले सहमति भइसकेको विषयमा परिमार्जन गर्ने हो भने मन्त्रालयले विधेयक नै पुनर्लेखन गरेर ल्याउनुपर्ने राय राख्नुभएको छ ।

सासंद शर्माले समितिले टुंगो लगाइसकेको विषयमा परिमार्जन गर्दै लैजाने हो भने चालु अधिवेशनबाट पनि विधेयक पारित हुने सम्भावना न्यून रहेको बताउनुभयो ।

डेढ वर्षदेखि राज्य व्यवस्था समितिमा अलमलिरहेको संघीय निजामती ऐन संसदको चालु अधिवेशनबाट पनि पारित हुने सम्भावन न्यून देखिएको छ । संघीय निजामती ऐन समयमा नै बन्न नसक्दा प्रदेश र स्थानीय तहमा परेको असर गम्भीरतापूर्वक लिन आवश्यक छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP