Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

स्पेनिस सुपरकपको उपाधिका लागि वार्सा र रियल आमनेसामने हुँदै

 

काठमाडौं : स्पेनिस सुपर कपको फाइनलमा आज चिर प्रतिद्वन्द्वी बार्सिलोना र रियाल मड्रिड भिड्दैछन्।

साउदी अरबको किङ्ग अब्दुल्लाह स्पोर्ट सिटीमा खेलराति पौने १ बजे हुनेछ । सिजनको पहिलो एलक्लासिकोमा ४ सुन्यको हार बेहोरेको रियल दुई महिनापछि सो हारको बदला लिने योजनामा हुनेछ।

करियरकै पहिलो क्लासिकोमा किलियन एम्बाप्पेलाई बार्साको डिफेन्स लाइनले बारम्बार अफसाईड ट्रयापमा पारेको थियो। सो खेलमा एमबाप्पे आठ पटक अफसाइडमा परेका थिए। रोबर्ट लेवान्डोस्कीले दुई तथा लमिन यमल र राफिन्हाले एक–एक गोल गरेपछि बार्सिलानाले सानदार जित हात पारेको थियो। बर्सिलोना भने सोही नतिजा दोहोर्‍याउँदै सिजनको पहिलो उपाधि जित्ने योजनामा हुनेछ।

रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले फाइनलमा दबाब हुने भएपनि टिमको फर्म हेर्दा रियाल नै विजेता बन्ने दाबी गरेका छन्।

बार्सिलोनाको हाइ लाइन दबाबलाई कसरी तोड्ने भनेर रियालले पूर्ण तयारी गरेको एन्सेलोटीको भनाइ थियो।

हान्सी फलिकको नेतृत्वमा सिजनको सुरुवातमा सानदार प्रदर्शन गरेको बर्सिलोनाले पछिल्लो समय लय गुमाएको छ। लास पाल्मास र लेगानेस जस्ता कमजोर टोलीसँगको हारले उसलाई ला लिगाको शीर्ष स्थानबाट तल झारेको थियो । तर बर्सिलोना स्पेनिस सुपर कपको सर्वाधिक सफल टोली हो।

उसले कीर्तिमानी १४ पटक यो उपाधि जितेको छ। रियाल १३ पटकको च्याम्पियन हो। आज राति रियाललाई कीर्तिमान बराबरी गर्ने अवसर हुँदा बार्सालाई कीर्तिमान विस्तार गर्ने मौका हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP