Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने

काठमाडौँ : सरकारले स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गर्ने निर्णय गरेको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गरी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन खोजेको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्ने कुरा बताउँदै आएका थिए।

जसअनुसार यसअघि स्वास्थ्य बिमाको सुधारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. शम्भु आचार्यको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो। सोही कार्यदलले दिएको सुझावको आधारमा स्वास्थ्य बिमा ऐन संशोधन गरिएको स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ।

ऐन संशोधन गरेपछि अब स्थानीय तहमा कम्तिमा एउटा सेवा प्रदायक स्वास्थ्य संस्था रहने व्यवस्था मिलाइएको छ।

‘स्वास्थ्य बिमा ऐन २०७४ मा संशोधन गरी स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रथम सेवा विन्दुको प्रयोजनका लागि प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवा प्रदायक स्वास्थ्य संस्था रहने गरी बोर्डले सम्झौता गर्ने व्यवस्था मिलाउने’ मन्त्रिपरिषद्को निर्णय छ।

स्वास्थ्य सेवामा समान पहुँच पुर्‍याउन सरकारले २०७२ चैत २५ गतेदेखि परिवारमा आधारित स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको थियो।

तीन जनासम्मको परिवारका लागि वार्षिक तीन हजार ५०० रुपैयाँ प्रिमियम रकम तोकिएको छ भने परिवार सदस्य योभन्दा बढी भए थप ७०० रुपैयाँका दरले लाग्छ।

तर पछिल्लो समय स्वास्थ्य बिमामार्फतको सेवाको प्रभावकारिता घट्दै गएको हुँदा बिमातर्फको आकर्षण घट्दै गएको छ भने सेवाप्रदायक स्वास्थ्य संस्थाहरूलाई दिनुपर्ने रकम नदिँदा ती स्वास्थ्य संस्थाबाट बिमितले पाउने सेवा नै खुम्चिएको छ।

बिमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार सेवाप्रदायक स्वास्थ्य संस्थालाई गत चैतसम्मको रकम भुक्तानी भए पनि वैशाखयताको नभएको बताए। ‘सेवाप्रदायक स्वास्थ्य संस्थालाई गत चैतसम्मको रकम भुक्तानी भएको छ तर वैशाखयताको करिब १३ अर्ब जति रकम भुक्तानी गर्न बाँकी छ’‚ उनले भने।

समयअनुकूल बिमामार्फतको सेवा पाउने रकम नबढाउँदा बिमामार्फत दिने रकमले उपचार खर्च धान्नै नसक्ने अवस्थामा पुगिसकेको अवस्थामा हाल बिमामार्फतको सुविधा एक लाखबाट बढाएर पाँच लाख पुर्‍याउने तयारी समेत स्वास्थ्यमन्त्री पौडेलले तयारी गरेको यसअघि नै बताउँदै आएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP