Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चिनियाँ विदेशमन्‍त्री काठमाडौंमा स् यस्तो छ : तीन दिने बसाइको तालिका

काठमाडौं

चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद् सदस्य वाङ यी काठमाडौं आइ पुगेका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरे। वाङ पाकिस्तानको राजधानी इस्लामावादबाट विशेष विमानमा भारतीय आकाश हुँदै काठमाडौं आइपुगेका हुन्। मौसम खराब हुँदा चिनियाँ विदेशमन्त्री वाङ यी चढेको विमान केही समय आकाशमै होल्ड भएको थियो ।

वाङको भ्रमणलाई कार्तिकमा हुने भनिएको राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीको रुपमा हेरिएको छ। उनले भ्रमणलाई सरकारले निकै महत्व दिएको छ। केपी ओली नेतृत्वमा बलियो सरकार बनेपछि चीनको तर्फबाट भएको यो उपल्लो स्तरको औपचारिक राजनीतिक भ्रमण हो। उनले उच्चस्तरको राजनीतिक शिष्टाचार भेटवार्ता र दुई पक्षीय मन्त्रीस्तरीय औपचारिक छलफल गर्ने कार्यक्रम छ।

उनी शनिबार पाकिस्तानको राजधानी इस्लामावादमा चीन–पाकिस्तान–अफगानिस्तान त्रिदेशीय विदेशमन्त्री स्तरीय बैठकमा सहभागी थिए। संविधान जारीपछि निर्वाचन भएर बलियो सरकार बनेपछि उत्तरतर्फबाट नेपालमा भएको उच्चस्तरको भ्रमण हो।

राज्यपरिषद् सदस्यसमेत रहेका उनी यसअघि २०७२ को महाभूकम्पपछि आयोजित दाता सम्मेलनमा सहभागी हुन काठमाडौं आएका थिए। उनले त्यतीबेला टँुडिखेलमा रहेका भूकम्पपीडितसँग अन्तरक्रिया समेत गर्दै भूकम्पको पीडालाई नियालेका थिए।

विदेशमन्त्री वाङसँगै भ्रमणदलमा चीनको विदेश मन्त्रालयका उपविदेशमन्त्री लु झाओहुइ, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्ष देङ बोकिङ, दक्षिण एसिया डेक्स हेर्ने अधिकारीसमेत सहभागी छन्। राजदूत होउ याङछी र दूतावासका अधिकारी पनि सबै बैठकमा सहभागीछन। भ्रमणको सफलताको लागि चीनका लागि नेपाली राजदूत लीलामणी पौड्याल पनि काठमाडौं आइसकेका छन्।

ज्ञवाली वाङ नेतृत्वको प्रतिनिधि मण्डलको वार्तापछि राजनीतिक भेटघाटको तय गरिएको छ। त्यसअघि चिनियाँ टोलीलाई चिनियाँ दूतावासले यहाँको अवस्था बारे र भइरहेको कामको जानकारी दिने कार्यक्रम छ। सोमबार हुने वार्तामा नेपालको तर्फबाट ज्ञवालीको नेतृत्वमा अर्थमन्त्री डा। युवराज खतिवडा, परराष्ट्र, अर्थ र अन्य केही मन्त्रालयका सचिव र सहहचिव वार्तामा रहनेछन्।

वाङले काठमाडौमा रहदा सीको नेपाल भ्रमण र त्यतिबेलाको एजेण्डालाई अन्तिम रुप दिन भनिएको छ। नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनमा समेत उनले नेपाली पक्षसँग छलफल गर्ने भएका छन्। नेपालले बेल्ट एण्ड रोड इनीसीएटीभ ९बीआरआई० अन्तरगत रहेको कार्यक्रमलाई उठाउने छ। नेपालको तर्फबाट पनि दिइएको परियोजना वा चयन भएका नौ परियोजनाको अवस्थाको बारेमा बैठकमा समीक्षा हुनेछ। उक्त बैठकमा केही सहायता सम्बन्धी सहझदारीपत्रमा हस्ताक्षर हुनेछ। राष्ट्रपति सीको नेपाल भ्रमण र सुरक्षा विषयमा पनि छलफल हुनेछ।

पारस्परिकहित र चासोका सबै विषयमा विचारविमर्श हुने जानकारी परराष्ट्रमन्त्रालयले दिएको छ। ‘दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै अन्य सहयोगका क्षेत्रबारे छलफल हुनेछ,’ एक परराष्ट्र अधिकारीले बताए। बीआरआई परियोजनाको कुनै न कुनै अवस्था यसले अवगत गराउने र अघि बढाउने विश्वास नेपाली पक्षको छ।

चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल अन्तरगत रेलमार्ग निर्माण तथा परस्परमा सम्पर्क विस्तारको विषयमा परियोजना चयन गर्ने बताइएको छ। विदेशमन्त्री वाङ उपप्रधानमन्त्री भन्दा माथिल्लो हैसियतमा हुने हुनाले पनि नेपालले उनको भ्रमणलाई निकै महत्व दिएको छ। वाङ होटल द्वारिकामामा बस्नेछन्। औपचारिक वार्ता याक एण्ड यति र राजनीतिक वार्ता मेरिअट होटलमा हुनेछ।

वाङको कार्यतालिका
आइतबार
वाङ विमानस्थलबा होटल द्वारिका गएका छन्। आइतबार साँझ र सोमबार बिहान वाङको कार्यक्रम चिनियाँ दूतावासले आयोजना गरेका आन्तरिक ब्रिफिङ र दिवा भोजमा केन्द्रित हुनेछ। त्यसपछि उनले नेपाली पक्षसँग दुईपक्षीय औपचारिक वार्ता गरेर भेटघाटमा समय दिनेछन्।

सोमबार
सोमबार साढे तीनदेखि पाउने पाँचसम्म नेपाल र चीनबी दुईपक्षीय मन्त्रीस्तरीय वार्ता हुनेछ। नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधि मण्डलबीच होटल याक एण्ड यतीमा वार्ताको तयारी छ। त्यसलगत्तै दुई पक्षीय प्रतिनिधि मण्डल बीचमा दुई सम्झौतामा हस्ताक्षर हुनेछ। सामान्य सहयोग सम्बन्धी सम्झौता रहेको बताइएको छ। बैठक सकिए लगत्तै वाङ केपी ओली भेट्न बालुवाटार पुग्नेछन्। त्यो भेटको लागि एक घण्टा समय छुट्याइएको छ। उनले त्यहा प्रधानमन्त्रीसँग एक्ला एक्लै पनि भेट्ने कार्यक्रम छ।

प्रधानमन्त्रीसँगको भेट सकिएपछि राष्ट्रपपिलाई भेट्न शीतल निवास पुग्नेछन। त्यहाँ पनि उनलाई ३० मिनेटको समय दिइएको छ। राष्ट्रपति भेटपछि उनी नेपाल समकक्षी प्रदीप ज्ञवालीले दिने रात्री भोज ९बैक्युट० मा सहभागी हुनेछन्। रात्री भोजको कार्यक्रम याक एण्ड यति होटलमा तय भएको छ। उनले त्यहाँ एक घण्टा भन्दा बढी समय बिताउने र त्यसपछि सिधै द्वारिक आएर आराम गर्ने कार्यक्रम छ।

मंगलबार

राजनीतिक भेटघाटको कार्यक्रम नक्सालको मेरियट होटलमा गर्ने तय भएको छ। उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार बिहान मेरियट होटलमा छुट्टा छुट्टै भेट्ने कार्यक्रम छ। दुवै नेतालाई आधा आधा घण्टा भेट्ने बताइएको छ। उनीहरुलाई भेटेपछि वाङ द्वारिका होटल फर्कने छन्। द्वारिकामा लन्च गरेर उनी बेइजिङको लागि एअरपोर्ट पुग्ने कार्यक्रम छ। पूर्वप्रधानमन्त्री र केही मधेसवादी दलका नेतासँग उनले परराष्ट्रमन्त्रीले दिएको रात्री भोजमा नै सामूहिक रुपमा भेट गर्नेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP