Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

टेलिभिजनहरूको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी

काठमाडौँ : विज्ञापन बोर्डले टेलिभिजन रेटिङ प्वाइन्ट (टिआरपी) निकाल्नेबारे तयारी थालेको छ।

बोर्डले टेलिभिजनहरुको भ्युअरशिप निकाल्ने र सोही आधारमा टेलिभिजनहरुमा विज्ञापन दिनेगरी तयारी थालेको हो। नेपालमा अहिलेसम्म टेलिभिजन रियल टाइममा कति मान्छेले हेरिरहेका छन् भनेर तथ्यांक निकाल्न सकिएको छैन।

टेलिभिजनको टिआरपीको आधारमा विज्ञापन प्राप्त हुने अन्तरराष्ट्रिय अभ्यास शुरुवात गर्न छलफल चलाइएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए।

टेलिभिजनको लोकप्रियता र टेलिभिजनबाट प्रशारण हुने कार्यक्रमको लोकप्रियताको आधारमा विज्ञापन बाँडफाँड गर्नको लागि छलफल अघि बढाइएको अध्यक्ष हुमागाईंले बताए।

‘नेपालमा टेलिभिजन रियल टाइममा कति मान्छेले हेरिराखेका छन्? कुन टेलिभिजन कति लोकप्रिय छ? र टेलिभिजनभित्रको पनि कुन कार्यक्रम कति लोकप्रिय छ? अहिलेसम्म हामीले डाटा निकाल्न सकेका छैनौँ‚’ उनले भने, ‘संसारभरि टेलिभिजनहरुको भ्युअरशिप निकाल्ने तथा टेलिभिजन रेटिङ पोइन्ट (टिआरपी) निकाल्ने गरिन्छ। त्यसैले हामीले नेपालमा पनि टेलिभिजनहरुको रेटिङ निकाल्नुपर्छ भनेर हामीले छलफल चलाएका हौँ। सम्भवतः यो छलफलले मद्दत पुग्छ भन्ने हामीले विश्वास लिएका छौँ।’

यस छलफलले टेलिजिनहरुको टिआरपी निकाल्ने र सोही आधारमा विज्ञापन दिन सहजता प्रदान गर्ने उनको विश्वास छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP