Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

दुई किशोरी मृत भेटिएको घटनाको प्रभावकारी अनुसन्धान गर्न माग

 

१४ माघ, अछाम । अछामको ढकारी गाउँपालिका–८पल्साँताका दुई किशोरी जंगलमा मृत फेला परेको घटनाबारे अछामका जनप्रतिनिधिले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

ढकारी गाउँपालिका– ८ की १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्काको सुनघर सामुदायिक वनमा शनिबार बेलुकी मृत अवस्थामा फेला परेका थिए । घटना शंकास्पद रहेको भन्दै आफन्तले प्रभावकारी अनुसन्धान गर्न माग गरिरहेका छन् ।

 

यही क्रममा अछाम– १ का सांसद तथा पूर्वमन्त्री शेरबहादुर कुँवर, अछाम– २ का सांसद् पुष्पबहादुर शाह, पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले यो घटनाको प्रभावकारी अनुसन्धानको आग्रह गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन् ।

त्यसक्रममा गृहमन्त्री लेखकले घटनाको सुरुवातदेखि नै आफूले गम्भीरतापूर्वक लिएको भन्दै प्रहरीले सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताएका थिए ।

 

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीका अनुसार किशोरीसँगै गोठालो गएका दुईजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । २० वर्षमुनिका भएकाले प्रहरीले उनीहरूको परिचय भने खुलाएको छैन ।

शनिबार घरबाट बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवै जना मृत अवस्थामा फेला परेका थिए । टाउको र शरीरमा गम्भीर चोट लागेको अवस्थामा भेटिएका उनीहरूको भेरी प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

यसबीच, गृहमन्त्रीसमक्ष भारतमा हालै भएको रेल दुर्घटनामा ज्यान गुमाएका अछामका पाँच नागरिकको परिवारलाई राहतका लागि पनि ध्यानाकर्षण गराएको सांसद् कुँवरले जानकारी दिए । गृहमन्त्रीसँगको छलफलमा जनप्रतिनिधिहरूले रोजगारीका लागि भारत जाने नेपाली मजदुरको स्वास्थ्यबीमाको व्यवस्थ ागर्न पनि माग गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP