Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

प्रशासनले किन काट्यो १० वटै स्थानिय निकायलाई एकै साथ पत्र

कपिलबस्तु
प्रशासन कार्यालय कपिलवस्तुले १० वटै स्थानिय निकायलाई एकै साथ पत्र पठाएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाका ४ गाउँपालिका र ६ नगरपालिकालाई एकै साथ पत्राचार गरेको छ । मुलुकभर डेंगु रोग फैलिएका कारण उक्त रोग रोकथामका लागि एक साथ पालिकालाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले जानकारी दिए । वाणगंगा नगरपालिकाले डेंगु रोग विरुद्धको अभियान चलाएकोले उक्त नगरपालिकालाई अभियान थप प्रभावकारी बनाउन र अन्य पालिकालाई ब्यापक अभियान चलाउन पत्राचार गरिएको प्रजिअ श्रेष्ठले जनाएका छन । जिल्लामा डेंगु रोगका कारण एक जनाको मृत्य भएको र अब कोहि पनि डेंगु रोग बाट मर्न नपरोस भनी सबै नागरिकलाई सचेत पार्नका लागि अभियान चलाउनु पर्ने उनले जनाए । कपिलवस्तुको वाणगंगा नगरपालिकामा लामखुट्टे खोज र नष्ट गर अभियान अन्र्तरगत मंगलवार वाणगंगा ४ , ७ र ८ मा अभियान चलाएको थियो ।

देशैभर डेंगुका विरामी बढिरहेको बेला नगरपालिका को ७ र ८ मा यसको अभियान चलाएको छ । अभियान अन्तरगत वडा नं ४ को ४ नं जितपुर चोकमा सबैको उपस्थितीमा डेंगु नियन्त्रणका बारेमा अभियान चलाइएको हो । नगरका प्रमुख मंगल प्रसाद थारु , स्वास्थ्य प्रमुख , इलाका प्रसासन , सुरक्षाकर्मी , स्वास्थ्यकर्मी लगायतको उपस्थितीमा अभियान चलाइएको हो । वाणगंगा ७ बनगाई बजारमा डेंगु रोग नियन्त्रणका लागि मोतिपुर स्वाथ्यचौकीका प्रमुख राम प्रसाद गौतम , अ न मी सरस्वती गिरी ,सुन्धरा के सि लगाएत स्वास्थ्य सोयम सेभिका सहितको टोलिले वाणगंगा नगरपालिकाको ७ र ८ नम्बर वाड मा लामखुट्टेको कारणले डेंगु रोग लाग्ने भएकोले यसको निवारणका लागि सम्पूर्ण बजारमा लामखुट्टे नष्ट गर्ने अभियान चलाएको प्रमुख राम प्रसाद गौतमले बताए । बजार क्षेत्रमा रहेका प्रत्येक घरमा गई सम्भावित स्थानको परिचान तथा यसबाट बच्ने उपाएका बारेमा स्थानिय बासिहरुमा जानकारी गराएको थियो ।

स्वास्थ्य चौकीले सरोकारवाला स्थानिय जनप्रतिनिधि सहितको टोलीलाई समेत अभिमुखीकरण दिदै यत्रतत्र राखिएका पुराना टायर , पानीको ट्याङ्कीमा लामखुट्टे हुने भएकोले यी बस्तुहरुलाई हटाउदै हिडेका थिए । वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले डेंगु रोग नियन्त्रणका लागि नगरपालिका गम्भिर रुपले लागेको बताएका छन् । डेंगु रोग नियन्त्रणका लागि विगतका बर्षहरुमा पनि नगरपालिकाले अभियान चलाउँदै आएको बताउदै यस बर्ष डेंगु रोगको प्रकोप पहिलाको तुलानामा अलि बढी देखिएकोले रोग नियन्त्रणका लागि नगरपालिका लागीपरेको बताए । वाणगंगा नगरपालिका का मा डेंगु रोगबारे पिपरा अस्पतालमा निःशुल्क स्वास्थ्य जाँच गराउने व्यवस्था मिलाएको समेत मरासिनीले बताएका छन् । डेंगु लागेको शंका लागे स्वास्थ्य जाचका लागि बुटवललै जानुपर्ने बाध्यता अन्त्य भएको बताएको छ । साथै कसैलाई डेंगु लागेको शंका लागे पिपरा अस्पतालमा आएर स्वास्थ्य जाँच गराउन नगरपालिकाले आग्रह समेत गरेको छ । वाणगंगा नगरपालिकाले भदौ २४ र २५ गते अभियानका रुपमा नगर पालिकाका सबै वाडका बजार क्षेत्रमा लामखुट्टे खोज र नष्ट गर अभियान संचालन समेत गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण घिमिरेले बताएका छन् । लामखुट्टेको कारणले डेंगु रोग लाग्ने भएकोले यसको निवारणका लागि नगरपालिका सम्पूर्ण बजारमा लामखुट्टे नष्ट गर्ने अभियान चलाएको प्रमुख घिमिरेले बताए । यसैगरी २६ गते देखि नगरका हरेक बस्ती बस्तीमा अभियान चलाइने बताएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP