Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

२०८२ सालमा दुईवटा चन्द्रग्रहण

 

काठमाडौं : आगामी वर्ष २०८२ मा दुईपटक चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृतिप्राप्त पात्रोहरूका अनुसार भदौ २२ गते र २०८२ फागुन १९ गते ग्रहण लाग्ने भएको हो।

भदौ २२ आइतबार भाद्रशुक्ल पूर्णिमामा खग्रास चन्द्रग्रहण लाग्नेछ। आइतबार रात्रि १० बजेर ११ मिनेटमा स्पर्श, रात्रि ११ बजेर १५ मिनेटमा सम्मिलन, रात्रि ११ बजेर ५६ मिनेटमा मध्य, रात्रि १२ बजेर ३८ मिनेटमा उन्मीलन हुनेछ। राति १ बजेर ४१ मिनेटमा मोक्ष हुनेछ।

यो ग्रहण नेपाल र भारत लगायत एसियाका धेरै देशबाट अवलोकन गर्न सकिनेछ।

यस्तै २०८२ फागुन १९ गते मंगलबार अर्थात् फाल्गुण शुक्ल पूर्णिमामा ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्नेछ। यो ग्रहण दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श भई खग्रास हुनेछ। काठमाडौँबाट साँझ ६ बजेर ३ मिनेटमा चन्द्रोदय भएसँगै खण्डग्रास मात्र देखिनेछ। राति ७ बजेर २ मिनेटमा मोक्ष हुनेछ।

चन्द्रग्रहण पूर्णिमाका दिन लाग्छ।

चन्द्रग्रहणमा पृथ्वी चन्द्रमा र सूर्यको बीचमा रहेको हुन्छ। यस स्थितिअनुसार पृथ्वीको छाया चन्द्रमामा देखिनु नै चन्द्रग्रहण हो। यसअर्थले पनि सूर्य वा चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था (पूर्ण वा आंशिक) नै ग्रहण मानिन्छ। खग्रास र खण्डग्रास गरी दुई प्रकारको छ ग्रहण पूरै छोप्ने अवस्थालाई खग्रास र केही भाग कालो देखिने अवस्थालाई खण्डग्रास भनिन्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP