Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नर्भिकमा ओरल एण्ड म्याक्सिलोफेसियल सर्जरी सेवा सञ्चालनमा

 

काठमाडौं : नर्भिक इन्टरनेशनल अस्पतालले मुख तथा अनुहारको शल्यक्रिया (ओरल एण्ड म्याक्सिलोफेसियल सर्जरी) सेवा सुरु गरेको छ।ओरल एण्ड म्याक्सिलोफेसियल सर्जन डा. किशोर भण्डारीको नेतृत्वमा अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो।

दुर्घटनामा परी मुख तथा अनुहारमा लागेका चोटपटक, अनुहारको हड्डी लामो, छोटो या बांगो भएर आकृति अस्वाभाविक भएको अवस्था, मुखको जोर्नी (टेम्पोरोम्यान्डिबुलर ज्वाइन्ट_ को समस्या भएका तथा अनुहारको पुनःनिर्माण -फेसियल रिकन्स्ट्रक्सन_ का लागि यो सेवा सुरु गरिएको हो।

‘नर्भिक अस्पतालका अत्याधुनिक प्रविधि, उपकरण एवं थ्रीडी प्रिन्टिङ प्रविधि प्रयोग गरेर हामीले सेवा सुरु गरेका हौं,’ ओरल एण्ड म्याक्सिलोफेसियल सर्जन डा. भण्डारीले भने, ‘गत महिना हामीले एक महिलामा गरेको अनुहारको आकृति मिलाउने शल्यक्रियाले पनि राम्रो नतिजा प्राप्त भएको छ ।’

मुखको माथिल्लो हड्डी अर्थात् म्याक्जिला कम विकसित र तल्लो हड्डी अर्थात् म्यान्डिला धेरै विकसित भएर लामो भएका कारण अनुहार अस्वाभाविक देखिएको र बोल्न र खाना खानसमेत अप्ठेरो अवस्थामा रहेकी महिलामा सफल शल्यक्रिया गरिएको हो।

डा. भण्डारीले मुख तथा अनुहारसम्बन्धी कुनै पनि समस्याका लागि नर्भिकमा दक्ष जनशक्ति र अत्याधुनिक उपकरण रहेको बताए । खाँदा या बोल्दा चल्ने कानको अगाडिको जोर्नीमा क्यामेरा छिराएर शल्यक्रिया गर्ने टेम्पोरोम्यान्डिबुलर ज्वाइन्ट (टीमजे) आर्थोस्कोपी तथा दाँत नभएका बिरामीमा गालाको हड्डीमा प्रत्यारोपण (इम्प्लान्ट) गरेर दाँत राख्ने फुल माउथ रिह्याबिलिटेसन (जाइगोम्याटिक इम्प्लान्ट) जस्ता नयाँ उपचार विधि पनि नर्भिकमा सुरु गरिएको डा. भण्डारीले जानकारी दिए।

ओरल एण्ड म्याक्सिलोफेसियल सर्जरी सामूहिक कार्य भएको उल्लेख गर्दै उनले यसमा ब्रेसेस लगाउने डाक्टर, प्लास्टिक सर्जन, हेड एण्ड नेक सर्जन, थ्रीडी प्रिन्टिङ गर्ने डिजिटल ल्याबलगायत सबै आवश्यक हुने र सामूहिक सल्लाहमा उच्चतम प्रविधि प्रयोग गरेर गुणस्तरीय सेवा दिइने बताए।

यसका अलावा मुख तथा अनुहारमा हुने सिस्ट तथा ट्युमरको सर्जरी पनि नर्भिकमा उपलब्ध छ। म्याक्सिलोफेसियल सर्जरी टिमले हेड एण्ड नेक सर्जरी र प्लास्टिक सर्जरीको टिमको सहकार्यमा मुखको क्यान्सरको आधुनिक उपचार सेवा पनि दिने योजना बनाएको जनाएको छ।

के हो फेसियल डिफर्मिटिज करेक्सन सर्जरी?

अनुहारको हड्डी विकास हुने क्रममा सन्तुलन नमिल्दा केही हड्डी लामो, छोटो या बांगो भएर अनुहार अलिकता अस्वाभाविक देखिन सक्छ । जसले गर्दा बोल्न, खाना खान तथा सुत्दा सास लिन अप्ठेरो हुन सक्छ । यसका साथै अनुहारमा विकृति (फेसियल डिफर्मिटिज), चोटपटक तथा खाँदा या बोल्दा चल्ने कानको अगाडिको जोर्नीमा पनि समस्या हुन सक्छ ।

यसका अलावा सौन्दर्यका समस्या पनि हुन्छन्। यस्ता समस्यालाई आधुनिक प्रविधि, उपकरण तथा थ्रीडी प्रिन्टीङ प्रविधि प्रयोग गरेर नर्भिकमा ओरल एण्ड म्याक्सिलोफेसियल सर्जरी सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP