Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सुकेधारामा शव भेटिएको घटना : हत्या आशंकामा एक पक्राउ

१७ फागुन, काठमाडौं । काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक मृत अवस्थामा भेटिएका ५० वर्षीय अड्विर राईको हत्या भएको खुलेको छ ।

हत्यामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार दोलखाको मेलुङ्ग गाउँपालिका–६ स्थायी घर भएका २९ वर्षीय विराट ठकुरीलाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोराले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको अनलाइनखबरसँग पुष्टि गरे । ‘काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेर थप अनुसन्धान थालेको छ’, उनले भने ।

प्रहरी स्रोतका अनुसार, पक्राउ परेका शाही बा ४ ख ५९९३ नम्बरको गाडीमा सह–चालकका रुपमा काम गर्दै आएका थिए । उनलाई प्रहरीले भक्तपुरको सल्लाघारीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर ल्याएको हो ।

जिल्ला अदालत, काठमाडौंबाट आइतबार उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा थप अनुसन्धान गर्न म्याद लिने तयारी प्रहरीको छ । अड्विरको हत्यापछि उनको शव नभेटियोस् भन्ने उद्देश्यले धोबीखोला करिडोर नजिक फोहोरले छोपेको पाइएको थियो ।

शव भेटिएको स्थान ।
बुधबार राति त्यहाँ शव भेटिएको सूचना पाएलगत्तै प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी निरञ्जन थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । काठमाडौं प्रहरीका अनुसार, सोको अफिसरसहित त्यहाँ पुगेको टोलीले फोहोर हटाएर शव निकालेको थियो ।

‘त्यसक्रममा मृतक शवलाई सुरक्षित स्थानमा राखेर जाँच गर्दा टाउको, निधार र नाकमा धारिलो हतियार प्रहार गरेको जस्तो देखिएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘प्रारम्भिक जाँचपछि शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएका थियौं ।’

मृतक राई लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायिका व्यक्ति हुन् । उनको शव भेटिएलगत्तै यसमा मायाको पहिचान नेपाल लगायतका संस्थाले गम्भीरतापूर्वक अनुसन्धानको माग गरेका थिए । अनलाइन खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP