Trending
flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण

भौतिकवादी भनाउँदा कम्युनिष्ट नै कोरोना जन्तरको भ्रममाः डा.पौडेल

काठमाडौँ ।सरकार र सत्तारुढ दलले कोरोना भाइरसको उपचारसँग वेसार र जन्तर जस्ता अप्रमाणित कुराहरुलाई जोडेर विज्ञानलाई चुनौती दिने काम गरिरहेको चिकित्सकहरुले बताएका छन् ।

उनिहरुले कोरोना भाइरस एक खतरनाक जिवाणु भएकाले यसको उपचारका लागि संयमित भएर लाग्नुपर्नेमा सरकारले नानाथरिका भ्रममा परेर गलत बाटोतिर गइरहेको टिप्पणी गरेका छन् ।
भौतिकवादी बनाउँदा कम्युनिष्टहरुले नै अप्रमाणित विषयमा लागेर विज्ञानलाई चुनौती दिँदा संक्रमणको महामारी थप बढ्ने आशंका पनि चिकित्सकहरुले गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा वरिष्ठ चिकित्सक डा.ढुण्डिराज पौडेलले सरकारले लकडाउन बाहेक कोरोना नियन्त्रणका लागि आवश्यक अन्य प्रभावकारी कदम नचालेको दावी गर्नुभयो ।
जिम्मेबार व्यक्तिहरुले नै जनतालाई भ्रमित पार्ने कार्य गर्नु दुर्भाग्यपूर्ण भएको उहाँको भनाई छ ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि राम्रो काम गर्न नसकेको भन्दै विज्ञानलाई चुनौती दिने काम गर्दा कोरोना जस्तो खतरनाक विषाणुप्रति जनतामा गलत सन्देश गएकाले यो नेपाल जस्तो कमविकसित मुलुकका लागि खतरा भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘कोरोना भनेको विषाणु हो । यो नाक र मुखबाट प्रवेश गर्ने भएकाले यसलाई रोक्ने काम विज्ञानले भन्दा अरुले गर्न सक्दैन ।’

डा. पौडेलले कोराना भाइरसको अहिलेसम्म भ्याक्सिन नआएकाले यसलाई रोक्नका लागि विज्ञानले भनेका कुरागर्नुको विकल्प नभएको भन्दै सरकारले यस्तै गर्दै गए भोली यो भाइरसले बृहत रुपलिने बताउनुभयो । अहिले सम्म पोलियो र एचआइभी जस्ता रोग समेत निवारण नभएको अवस्थामा कोरोना भाइरसलाई कम्जोर ठान्न नहुने उहाँको भनाइछ ।

डा. पौडेलले भन्नुभयो,‘प्रतेक घटनाका करण हुन्छन् । कारणको निवारण पनि हुन्छ । हाम्रा जडिबुटीहरु उपयोगी छन् तर,यसको वैज्ञानिक रुपमा प्रमाणित गर्नुपर्छ । जन्तरले कोरोना निको हुँदैन । कोरोना जन्तर वैज्ञानिक हैन । जनताले मास्क समेत लगाउन नजानेको अवस्थामा जन्तरले कुरागर्नु मुर्खता हुन्छ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP