Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रतिनिधिसभाबाट पास भयो सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश

काठमाडौं : सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। विपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त ढकालले उक्त अध्यादेश अस्वीकृत होस् भनेर राखेका प्रस्ताव अस्वीकृत भएपछि अध्यादेशलाई निर्णयार्थ सभामा प्रस्तुत गरिएकाे थियाे। जसलाई बहुमतले स्वीकृत गरेकाे हाे।

त्यसअघि अस्वीकृतिका लागि राखिएकाे प्रस्तावमा विपक्षी दलका नेताहरूले धारणा राखेका थिए । जसमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रलगायत राप्रपा, रास्वपा, नेमकपा र आम जनता पार्टीले अध्यादेश अस्वीकृत हुनुपर्ने मत दिएका थिए।

त्यसपछि त्यसमाथि उठेको प्रश्नमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिएका थिए। मन्त्रीकाे जवाफपछि पनि सांसद ढकालले फिर्ता नलिएपछि अस्वीकृत होस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । त्यो प्रस्ताव अस्वीकृत भएपछि अध्यादेश स्वीकृतिका लागि पेस गरिएकामा बहुमतले स्वीकृत गरेकाे हाे।

अहिले अन्य चार अध्यादेशमाथि छलफल भइरहेकाे छ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP