Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गुल्मीका १२ जना संक्रमित निको भएर घर फर्किए

गुल्मी । गुल्मीका १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको इस्मा गाउँपालिकाका १० जना र मालिका गाउँपालिकाका २ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् ।

इस्मा गाउँपालिकामा १ जना महिला र ९ जना पुरुष डिस्चार्ज भएको गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले जानकारी दिनुभयो । संक्रमितहरुको २ पटक पीसीआर जाँचबाट गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको उपाध्यक्ष खत्रीले बताउनुभयो ।

उनीहरु भारतबाट आएर गाउँपालिकाको वडा नम्बर–५ को कुमारी निमाबिमा बनाइएको आइसोलेसनमा बसेका थिए । उनीहरु भारतबाट आएर ३५ दिनसम्म आइसोलेसनमा बसेका थिए ।

त्यस्तै मालिका गाउँपालिकाका २ जना कोरोना संक्रमित पुरुषहरु पनि डिस्चार्ज भएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताउनुभयो । संक्रमितहरुमा १४ दिनसम्म कुनैपनि लक्षण नदेखिएकाले घर पठाइएको गिरीले बताउनुभयो ।

पछिल्लो तथ्यांक अनुसार गुल्मी जिल्लामा कोरोना संक्रमितको संख्या २५७ पुगेको छ । ३२ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP