Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पाल्पामा शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना सङ्क्रमण

पाल्पा – पाल्पामा कोरोना सङ्क्रमणले ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

प्रदेश प्रयोगशाला भैरहवामा हिजो थपिएका ७७ सङ्क्रमितमध्ये शव व्यवस्थापनमा खटिएका दुई जना सैनिक पनि रहेका स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ ।  भारतबाट घर फर्किएका पूर्वखोला गाउँपालिका, सिलुवाका ३६ वर्षीय एकजना पुरुषको गएको जेठ २० गते उपचारका क्रममा तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालमा ज्यान गएको थियो ।

ज्यान गुमाएका ती पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि २२ गते पाल्पा बुटवल सडक खण्डको डुम्रेखोलामा शव व्यवस्थापन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार नै नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो । 

सडकदेखि शव व्यवस्थापनस्थलमा पुर्याउने क्रममा ठूलो पानी परेको, मृतकको र्याल चुहिएको जस्ता कारणले समस्या आएको हुन सक्ने स्वास्थ्य कार्यालय, पाल्पाले आशंका गरेको छ । शव व्यवस्थापनदेखि नै व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई आइसोलेशनमा राखिएकाले सबै सुरक्षित रहेको तानसेनस्थित गोरखदल गणले जनाएको छ ।

मिशन अस्पतालका डाक्टरकै निगरानीमा उनीहरुलाई सुरक्षित राखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली गणले जनाएको छ ।

शुक्रबार थपिएका ७७ जना सँगै पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ४६ पुगेको छ । पाल्पाका १० वटै पालिकामा देखिएका कोरोना सङ्क्रमितमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP