Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गर्भकै शिशु बेचिने गरेको खुलासा

काठमाडौं

मानव बेचविखनको स्वरुपमा बदलाव देखिँदै गएको छ ।
विगतमा प्रेमको नाममा होस् या पैसाको, अनेक आशा र प्रलोभनमा मानव बेचविखन हुँदै आएको थियो ।
तर, केही समययता भने गर्भकै शिशुको मोलमोलाइ हुने र उनीहरुलाई बेचिने गरेको खुलासा भएको छ ।
रोहिणी , डेढ महिनाकी अवोध बालिकालाई के थाहा उनी बेचिएकी थिइन् भनेर , त्यो पनि गर्भमै ।
१४ वर्षको उमेरमै कसैसँग प्रेममा परेपछि एक किशोरीले उनलाई जन्माएकी हुन् । तर, उनी प्रेमको निशानी बन्न सकिनन् । किनकि, जुन सम्बन्धपछि उनी जन्मदै थिइन्, त्यो सामाजिकरुपले अबैध थियो।
प्रेम गरेको अभिनय गर्ने युवकले गर्भवती बनाएर फरार भएपछि किशोरी नेपाल बाल संगठनको शरणमा पुगेकी थिइन् । बाल संगठनका प्रमुख बालकृष्ण डंगोलले ती किशोरीलाई सुरक्षितरुपले बच्चा जन्माउन सहयोग गर्ने आश्वासन दिए । अनि, पुर्याए काठमाडौं, कलंकीको सन्जीवनी बर्थ सेन्टरमा ।
त्यहीँ गत साउन १२ गते रोहिणीको जन्म भयो । किशोरीको बाध्यताको फाइदा उठाउँदै बाल संगठन प्रमुखले रोहिणीलाई गर्भमै एक बेलायती महिला डोना स्मिथलाई बेचिसकेका थिए ।
स्मिथ पासपोर्ट बनाउन अध्यागमन विभाग पुग्दा कर्मचारीले शंका लागेर प्रहरीलाई खबर गरेपछि प्रहरीले रोहिणीलाई उद्धार गरेर कान्ति बाल अस्पतालको सघनकक्षमा भर्ना गरेको थियो ।
२३ दिनसम्म कान्तिमै राखिएपछि रोहिणीलाई बालबालिका खोजतलास समन्वय केन्द्रको जिम्मा लगाइयो ।
अहिले उनलाई ललितपुरको धोवीघाटमा रहेको नवकिरण अनाथ असहाय बाल उत्थान समाजमा राखिएको खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए ।
बाल उत्थान समाजमै उनको नवारन गरेर रोहिणी नाम राखिएको हो । नवजात शिशु भएको र स्याहार गर्ने व्यक्तिको पनि अभाव भएकाले सुरुमा बालगृहले राख्न आनाकानी गरेको थियो ।
बालगृहकी सन्चालिका सावित्री पोखेरेलले आफूले बच्चाको राम्रोसँग स्याहार–सुसार गरिरहेको जानकारी दिइन् ।
स्वास्थ्यमा समस्या देखिएपछि बालिकाको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ ।
गर्भमै बेचिएको यो घटनाले मानव बेचविखनको जालो समाजमा कति गहिरो हुँदै गएको छ भन्ने देखाएको छ ।
बालिका बेचविखनको आरोपमा डंगोल र स्मिथ अहिले पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP