Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

अतिक्रमित बनलाई संरक्षण गर्दै साझेदारी बन

माधव बेल्बासे

अतिक्रमणको चपेटामा परेको कपिलवस्तुको गौतमबुद्ध साझेदारी बनलाई व्यावस्थापन गर्न सुरु गरिएको छ । साझेदारी वनमा ४ सय हेक्टर वन अतिक्रमण भएकोले अव क्रमश अतिक्रमित बनलाई पुनः वनमै परिणत गर्न थालिएको छ ।

साझेदारीले हाल सम्म करिब ८० हेक्टर अतिक्रमण व्यवस्थापन गरी वन कायम गर्न सफल भएको छ ।

साझेदारी अन्तर्गत विजयनगर गाउँपालिकाको विरनगर,नयाँगाउँ,थरौली,नौसाहार,हनुमान नगर, मद्यनगरा,जवाबैराठ, नेवलागंज, नौडिहवा र गोबराहवामा वन अतिक्रमण भएको छ ।

४ सय हेक्टर अतिक्रमण मध्ये यस।वन क्षेत्रमा खेतीपाती र घर निर्माण गरी बसोबास गर्दै आएको उज्जवलपुरमा २ दशमलव ४७ हेक्टर व्यवस्थापन गरेको छ । वन क्षेत्र अतिक्रमण गरी खेती गर्दै आएको क्षेत्रमा गौत्तमबुद्ध साझेदारी पोखरी निर्माण गरी सुन्दरीकरण गरेको छ ।

२०६६ सालमा स्थापनमा भएको गौत्तमबुद्ध साझेदारीले अतिक्रमण क्षेत्र तारबार र वृक्षारोपण गरी व्यवस्थापन गरेको छ । साझेदारीले ५ हेक्टर अतिक्रमण क्षेत्रमा ताल निर्माण गरेको छ । नौडिहवामा वन क्षेत्र भित्रको ५ हेक्टर क्षेत्रफलमा स्थानियले अतिक्रमण गरी खेतीबारी गर्दै आएको क्षेत्रमा ताल निर्माणको काम भइरहेको गौत्तमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जानकी प्रसाद यादवले बताउनु भयो ।

गौत्तमबुद्ध साझेदारी अन्तर्गत पर्ने नेवलागन्जमा ४÷४ हेक्टर अतिक्रमण भएको वन क्षेत्रमा पनि ताल निर्माण गरि अतिक्रमित क्षेत्रलाई व्यवस्थापन गरिएको छ । हाल गौत्तमबुद्ध साझेदारी वनको कार्यालय रहेको उज्जवलपुरमा पनि ६ हेक्टर अतिक्रमण हटाएर अहिले व्यवस्थापन गरी वन क्षेत्र कायम गरिएको छ ।

गौत्तमबुद्ध साझेदारी अन्तर्गत पर्ने वनको क्षेत्र त्रिपाल नगरमा करिब २ सय घरधुरीले बन क्षेत्र अतिक्रमण गरी बसोबास गर्दै आएका छन । २०६४ सालमा बसेको वस्ती अहिले सम्म वनको क्षेत्र भित्र बस्दै आएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP