Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आजदेखि शेयर बजार खुल्ने

काठमाण्डाै – धितोपत्र बजारको नियमित कारोबार आजदेखि फेरि सुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको सञ्चालक बोर्डको बैठकअनुसार आजदेखि धितोपत्रको दोस्रो बजार कारोबार सुरु गर्न लागिएको हो ।

बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार दोस्रो बजार कारोबारमा स्थायित्व ल्याउने गरी कारोवार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सञ्चालन गर्ने व्यवस्था मिलाउने गरी आवश्यक निर्देशन दिइएको छ ।

लगानीकर्ताको शेयर खाताको शेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीयमाध्यमको प्रयोग गर्न प्रोत्साहित गरिएको बोर्डको भनाइ छ । बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएसी, मर्चेन्ट बैंकरले यसअघि जारी गरिएको कोभिड– १९ सुरक्षाका उपाय पालना गरी कारोबार गर्नुपर्नेछ ।

यस्तै धितोपत्र बजार सम्बद्ध संस्थाले उपयुक्त स्वास्थ्य सुरक्षाका विधि नअपनाइ कार्यालय खोलेको पाइएमा त्यस्ता संस्थामाथि कारवाही गरिने बोर्डले चेतावनी दिएको छ । यस्तै अर्को व्यवस्था नहुँदासम्म ब्रोकर लगानीकर्ताका लागि भिडभाड हुने श्रव्यदृश्य कक्षसमेत सञ्चालन गर्न पाउने छैनन् ।

लगानीकर्ताले हालसम्म गरिएका व्यवस्थाबमोजिम नै घरैबाट कारोबार गर्नसक्ने व्यवस्था गरिएको हुँदा ब्रोकरसँग सम्पर्क गरी सकेसम्म घरैमा बसी कारोवार गर्न प्रोत्साहित गरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP