Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

दोस्रो उपत्यकाव्यापी गोदावरी मेयर कपमा १३ टिम भिड्ने

 

काठमाडौं : गोदावरी नगरपालिकाको आयोजनामा दोस्रो उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा १३ वटा टोलीले खेल्ने भएका छन्। १३ टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतियोगिता गराउने प्रतियोगिताका संयोजक निरोज बज्राचार्यले जानकारी दिए।

बुधबार नगरपालिकामा कार्यक्रम गरी समूह एमा ४ टोली र समूह बी, सी र डीमा ३-३ वटा टोली रहने जानकारी दिइयो।

यही शनिबार शुरु हुने प्रतियोगिताका खेल नगरपालिकाको वडा नं. १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा हुनेछ।

गोदावरी मेयर कपमा उपत्यकामा रहेका २१ पालिकामध्ये काठमाडौंबाट ६ , ललितपुरबाट ५ र भक्तपुरबाट २ पालिका सहभागी हुनेछन्।

काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिकासहित कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका,कागेश्वरी मनोहरा नगरपालिका र तारकेश्वर नगरपालिकाले खेल्नेछन्।

यसैगरी ललितपुर जिल्लाका आयोजक गोदावरी सहित ललितपुर महानगरपालिका , महालक्ष्मी नगरपालिका , बाग्मती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाले सहभागिता जनाएका छन्।

यसैगरी भक्तपुर जिल्लाबाट चाँगुनारायण नगरपालिका र मध्यपुर थिमी नगरपालिकाले सहभागिता जनाएका छन्।

चाँगुनारायण र कागेश्वरी मनोहरा पहिलोपल्ट खेल्दै

अघिल्लो पटक सहभागी भएका नागार्जुन, टोखा र बुढानीलकण्ठ नगरपालिका यसपटक सहभागी छैनन् भने चाँगुनारायण र कागेश्वरी मनोहराले पहिलो पल्ट सहभागिता जनाउँदैछन्। ४ वटा समूहका समूहविजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन्।

ललितपुरका ४ पालिका एकै समूहमा

ललितपुरका ४ वटा पालिका एकै समूहमा परेका छन्। महालक्ष्मी नगरपालिका , गोदावरी नगरपालिका , ललितपुर महानगरपालिका र बाग्मती गाउँपालिका समूह ए मा परेका हुन्।
समूह बि मा भक्तपुरका दुवै पालिका परेका छन्। ३ टिम रहेको समूहमा मध्यपुर ठिमी र चाँगुनारायणसँगै काठमाडौँ महानगरपालिका रहेका छन्।
ऋघिल्लो संस्करणमा विजेता काठमाडौं महानगर हो भने मध्यपुर उपविजेता हो। समूहबाट एउटा टोली मात्रै सेमिफाइनलमा पुग्ने हुँदा यसपटक गत संस्करणको एउटा फाइनलिष्ट टोली मात्रै अगाडी बढ्ने निश्चित छ।
समूह सि मा कागेश्वरी मनोहरा , दक्षिणकाली र चन्द्रागिरी परेका छन्। समूह डीमा कीर्तिपुर , तारकेश्वर र कोन्ज्योसोम गाउँपालिका छन्।

उद्घाटन खेलमा गोदावरी र महालक्ष्मी भिड्ने

शनिबार दिउँसो साढे ३ बजे हुने उद्घाटन खेलमा आयोजक गोदावरी र महालक्ष्मी भिड्नेछन्।

अघिल्लो संस्करणमा पनि सहभागी नभएका शंकरापुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका र महांकाल गाउँपालिकाले योपटक पनि भाग लिएका छैनन्। यस्तै भक्तपुरका भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिका पनि सहभागी छैनन्।

प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपियाँसहित ट्रफि पुरस्कार प्रदान गरिनेछ।

अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।
नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले उपत्यकामा नयाँ खेलाडी उत्पादन र फुटबलको विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको बताए।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP