Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

फागुन महिनालाई ‘नसर्ने रोग पहिचान महिना’का रुपमा मनाइने

 

काठमाडौँ : सरकारले स्वास्थ्य सेवालाई व्यवस्थित गर्न संघीय स्वास्थ्य सेवा ऐन र राष्ट्रिय गुणस्तर प्रत्यायन ऐन तर्जुमा गर्ने बताएको छ। यस्तै दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा सञ्चालन गरिने, क्यान्सर सेवा प्रदेशस्तरमा विस्तार गरिनेसमेत सरकारले घोषणा गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा सञ्चालन गरिने तथा फागुन महिनामा नसर्ने रोग र स्कृनिङ परीक्षण कार्यक्रम सञ्चालन गरिने बताएका छन्।

उक्त कार्यक्रमा जलनको उपचार सेवा र मुटु रोगसम्बन्धी उपचार सेवा विस्तार गरिने उनले बताएका छन्।

जेष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने, हरेक वर्षको फागुन महिनालाई नसर्ने रोग पहिचान महिनाको रुपमा मनाइने,औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी एकीकृत ऐन तर्जुमा गरिने भएको छ।

यसका साथै अपाङ्ता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुर्नस्थापना सेवा विस्तार गरिने तथा निरोगी नेपाल अभियानअन्तर्गत प्रतिकारात्मक र उपचारात्मक दुवै विधि अपनाई चिकित्सा प्रणालीका सबै पक्षको विकास गरिने भएको छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP