Trending
राजनीति स्थानीयको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्रीले भने- मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ अन्तर्राष्ट्रिय पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३ राजनीति भारत-पाकिस्तानलाई हामीले संयम अपनाउन भन्यौँ, युद्ध रोकियो : ओली अपराध कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा स्वास्थ्य आवासीय चिकित्सकसँगको सहमति कार्यान्वयन गर्न कार्यदल गठन शिक्षा धमाधम ‘निजी स्कुल’मा वाणिज्य विभागको अनगुमन, कागजात लिएर शुल्कबारे अनुसन्धान गर्दै समाज साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै समाज रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने समाज बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा समाज पहलगाममा मारिएका सुदीपको परिवार भेट्न बुटवल पुगे राजदूत श्रीवास्तव

हेमोफिलियाको औषधि आइपुग्यो‚ १४ सरकारी अस्पतालमार्फत निःशुल्क वितरण गरिने

हेमोफिलिया समस्या परेका नागरिकलाई निःशु ल्क औषधि उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच गत फागुन ४ गते सम्झौता भएको थियो। सम्झौताअनुसारको औाषधि स्वास्थ्य सेवा विभागमा आइपुगेको र अब वितरण प्रक्रिया शुरु हुने व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए।

‘५ प्रकारका औषधि आएको छ’, उनले भने, ‘आवश्यकताअनुसार वितरण सूची तयार गरी अस्पतालमा पठाइनेछ।’

मन्त्रालयले संघीय राजधानी काठमाडौँका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा सिभिल अस्पतालमार्फत औषधि वितरण गर्ने भएको छ।
यसका साथै सातै प्रदेशका अन्य थप १० प्रादेशिक अस्पतालहरूमा औषधि पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ।

निकै महँगो औषधि अवश्यक पर्ने रोगको उपचारका लागि धेरै विरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए।

त्यसअनुसार औषधी व्यवस्था विभागमा महासंघ र मन्त्रालयबीच यससम्बन्धी सम्झौता भएपछि वितरणको प्रक्रिया शुरु भएको हो।

अब महासंघबाट प्राप्त जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि पाँच प्रकारका औषधि मन्त्रालयले प्राप्त गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार विरामी रहेको अनुमान गरेको छ। २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएकामध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने अनुमान गरिएको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP