Trending
flash सन्तरामको आँगनमा फक्रिएको शिक्षा flash मनसुनसहित तीन वायु थप सक्रिय, आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना  flash रक्त बेचविखनको विरोधमा स्वयंसेवी आवाज flash भारतको अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो अन्तर्राष्ट्रिय कंगोमा डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु राजनीति प्रचण्डले भने : जनार्दनलाई पार्टी छोड्न भनेको छैन राजनीति शिक्षा मन्त्रालयको प्रस्ताव : एसईई नहटाऔं, तर प्रदेशबाट सञ्चालन गराैं राजनीति कानून नबन्दा १७ हजार विद्यालय बन्द हुने अवस्थामा : चन्द्र भण्डारी शिक्षा कामपाको ‘विवाद’ सुल्झिदै : कहिले, कस्तो आउला नीति तथा कार्यक्रम र बजेट ? राजनीति पत्रकारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गर्नु दुःखद : सांसद रिजाल

आवासीय चिकित्सकसँगको सहमति कार्यान्वयन गर्न कार्यदल गठन

 

काठमाडौं : आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक कार्यदल गठन गरेका छन् ।

गत वैशाख २० गते मन्त्री पौडेलको उपस्थितिमा आवासीय चिकित्सकको सेवा सुविधा तय गर्नका लागि भएको समझदारीअनुसार आवासीय चिकित्सकको ड्युटी आवर, बिदा तथा अतिरिक्त सुविधा लगायतका विषयमा सुझाव दिन कार्यदल गठन गर्ने सहमति भएको थियो ।

सोही अनुसार सुझाव दिनका लागि भन्दै मन्त्री पौडेलले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बराकोटीको संयोजकत्वमा कार्यदल गठन गरेका हुन्।

गठित समितिका सदस्यमा चिकित्सा शिक्षा आयोगका योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशक प्राडा सुजनबाबु मरहठ्ठा, यसैगरी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा मोहन शर्मा, मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल सदस्य छन् ।

यसैगरी, मन्त्रालयको प्रशासन महाशाखा प्रमुख ऋषिराज आचार्य, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टर प्राडा लोचन कार्की, काठमाडौं विश्वविद्यालयका डीन प्राडा मनोज हुमागाईं, निजी मेडिकल कलेजका तर्फबाट डा. सुमेश मिश्र सदस्य तथा मन्त्रालयकी अधिकृत डा. सुनिता लम्साल सदस्य सचिव छन् ।

कार्यदललाई आवासीय चिकित्सकको बिदा, ड्युटी आवर तथा अतिरिक्त सुविधा लगायतका विषयमा वर्तमान अवस्था मूल्यांकन गर्ने कार्यादेश दिइएको छ। यसैगरी, यस सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासहरूसँग तुलना गर्न र सुधारका लागि कार्यान्वयनयोग्य सिफारिसहरू तयार पार्न कार्य दललाई कार्यादेश दिइएको छ ।

कार्यदललाई दुई साताभित्र प्रतिवेदन मन्त्रालयलाई दिन भनिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । ‘आवासीय चिकित्सकसँग मन्त्रालयले गरेको सम्झौता कार्यान्वयन गर्न कार्यदलको प्रतिवेदन महत्वपूर्ण हुने अपेक्षा गरेका छौं,’ प्रवक्ता बुढाथोकीले भने ।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP