घनश्याम भर
(विजयनगर) कपिलवस्तु, ५ जेष्ठ ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-१ गुगाैलीमा अवस्थित दूधाधारी नमुना माध्यमिक विद्यालयमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय ताैलिहवाकाे आयाेजना र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकाे समन्वयमा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको प्रहरी नायब उपरीक्षक माेहन मणि अधिकारीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय ताैलिहवाले सञ्चालन गरेकाे लागूऔषध नियन्त्रण सम्बन्धी ३ महिने अभियान अन्तर्गत साेमबार दूधाधारी माविका विद्यार्थीहरुबीउच, लागूऔषधकाे लक्षण तथा असर, नियन्त्रण तथा राेकथाम, कानुनी प्रावधान सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हाे । किशाेरकिशाेरी अवस्था र युवा अवस्थामा लागूऔषध, दुर्व्यवसनमा फस्ने, लागुऔषध सेवन, ओसारपसार, बेचबिखन जस्ता आपराधिक गतिविधिमा बढी संलग्न भएको हुँदा विद्यार्थीमा सकारात्मक भावनाका विकासकाे सचेतताका लागि अन्तरक्रियाले महत्त्वपूर्ण टेवा पग्ने उद्देश्यले विद्यालयमा अन्तरक्रिया कार्यक्रम जाेड दिएकाे छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै विजयनगर गाउँपालिकाका अध्यक्ष गाेपाल बहादुर थापाले विद्यार्थी नै देश विकासकाे कर्णधार भएको बताउँदै कुलतमा नलागेर सही, गलत छुट्याएर नकारात्मक भावनाकाे त्याग गर्दै आफ्नो लक्ष्य प्राप्तिका लागि लाग्नुपर्नेमा जाेड दिए । उनले लागूऔषधले व्यक्ति स्वयंलाई मात्र नभएर परिवार, समाज र देशलाई नै असर गर्नुकाे साथै मानसम्मान र प्रतिष्ठासमेत नकारात्मक असर गरेकाे हुँदा असल बानी निर्माणमा ध्यान जरुरी रहेकाे बताए । अध्यक्ष थापाले गाउँपालिकाभित्र रहेका सबै माध्यमिक विद्यालय यस्ता जनचेतनामूलक कार्यक्रमहरुकाे आयाेजनाका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुराेधसमेत गरे ।
यस्तै प्रमुुख जिल्ला अधिकारी दिल कुमार तामाङले विभिन्न मादक पदार्थ, लागू तथम पेय पदार्थले मानिसकाे दिमागलाई प्रत्यक्ष वा प्रत्यक्ष रुपमा नकारात्मक असर गरिरहेकाे बताए । यसकाे सेवनले मानसिक, शारीरिक स्थितिकाे परिवर्तन ल्याउँदै यसकाे प्रयाेगबाट निस्कने परिणामले निकै भयावह अवस्थाको सिर्जना गर्नुकाे साथै, आर्थिक, धनसम्पत्ति सखाप पार्ने, लागू औषध ओसारपसार गर्ने, चाैरीडकैती गर्ने, दुर्व्यवसनमा लाग्ने जस्ता क्रियाकलापमा लागेर आपराधिक गतिविधिमा फस्ने गरेकाे बताए । विद्यार्थीले गरेका विभिन्न प्रश्नहरुकाे जवाफ दिँदै समस्याको परेकाे अवस्थामा जिल्ला प्रशासनमा सजिलैसँग बुझ्न सक्ने र प्रशासनले हरेक तबरले सहजता प्रदान गर्ने तामाङले प्रतिबद्धतासमेत जनाए ।
यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माेहन मणि अधिकारीले कुलतमा फसेका व्यक्तिलाई छुटकाराका लागि सबैभन्दा पहिला आफ्नो पहिचान गर्नुपर्ने बताए । आफ्नो परिवार, साथीभाई कुलत छाड्न लागेकाे विषयमा जानकारी गराउने र उनीहरूलाई सहयोग गर्न आग्रह गर्ने बताए । विश्वासिलो व्यक्तिसँग आफ्नो अनुभव साट्ने बताउँदै लागूऔषध नियन्त्रण सबै सराेकारवालाहरुले सहकार्य गर्नुपर्नेमा जाेड दिए । उनले सबै स्थानीय तहहरुसँग लागूऔषध नियन्त्रण सम्बन्धी समन्वय गरेर अभियान चलिरहेकाे अधिकारीले बताए ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्राैटाका प्रमुख घनश्याम न्याैपाने, इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्द, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा बाबुराम शर्मा, दूधाधारी नमुना माविका प्रधानाध्यापक सुग्रीव प्रसाद काेरी लगायतले सम्बाेधन गरेका थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया