Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, ५ जेष्ठ ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा साेमबार नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।विजयनगर आधारभूत अस्पताल बद्धाैरमा विशेषज्ञ स्वास्थ्य शिविर गरिएको अस्पताल प्रशासनले जनाएको छ । विजयनगर गाउँपालिकाकाे आयाेजना र लुम्बिनी स्वास्थ्य निर्देशनालयकाे सहयोगमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भएको अस्पतालका इन्चार्ज इन्द्र प्रसाद भण्डारीले जानकारी दिए ।

एक दिने स्वास्थ्य शिविरमार्फत ३ सय ९३ जनाले सेवा लिएका छन् । जसमा पुरुष १ सय ६३ जना र महिला २ सय ६२ जनाले सेवा लिएका छन् । नि:शुल्क शिविरबाट दाँत तथा मुख राेग सेवा, जनरल फिजिसियन सेवा, महिला तथा प्रसुति विशेषज्ञ सेवा, छाला राेेग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियोे ।

प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले ग्रामिण क्षेत्रमा अस्पताल सञ्चालनले नागरिकलाई स्वास्थ्य सेवा प्राप्तिका लागि सहज भएको बताए । आधारभूत अस्पतालबाट विशेषज्ञ सेवाहरु प्रदान गर्नका लागि सञ्चालन भएको स्वास्थ्य शिविरले अधिकांश नागरिकहरु लाभान्वित भएको बताउँदै अस्पताल सञ्चालन हुनु नै गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएकाे उनकाे भनाइ छ । अस्पतालले स्थानीय स्तरमै गरिब, विपन्न र ग्रामिण भेगका नागरिकलाई प्रत्यक्ष सेवाले बढी लाभान्वित हुने भन्दै उनलेे प्रशंसा गरे ।

यस्तै विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले स्वास्थ्यलाई प्राथमिकतामा राखेकाे बताउँदै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि अस्पतालमा सेवा सुचारु भएको बताए । उनले अस्पताल सञ्चालनका लागि ठुलो चुनाैती भए पनि गुणस्तरीय सेवा प्रवाह गर्न गाउँपालिका प्रयासरत रहेकाे बताए ।

गाउँपालिकाले विभिन्न नि:शुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरि सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा दिँदै आएकाे बताए । अस्पताल सञ्चालन भएपछि २ जना डाक्टरहरुले सेवा दिइरहेको अध्यक्ष थापाले जनाए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, प्रहरी नायब उपरीक्षक माेहन मणि अधिकारी, इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्द, स्वास्थ्य शाखा प्रमुुख यज्ञ प्रसाद अधिकारी लगायतकाे उपस्थिति थियोे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP