Trending
flash सन्तरामको आँगनमा फक्रिएको शिक्षा flash मनसुनसहित तीन वायु थप सक्रिय, आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना  flash रक्त बेचविखनको विरोधमा स्वयंसेवी आवाज flash भारतको अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो अन्तर्राष्ट्रिय कंगोमा डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु राजनीति प्रचण्डले भने : जनार्दनलाई पार्टी छोड्न भनेको छैन राजनीति शिक्षा मन्त्रालयको प्रस्ताव : एसईई नहटाऔं, तर प्रदेशबाट सञ्चालन गराैं राजनीति कानून नबन्दा १७ हजार विद्यालय बन्द हुने अवस्थामा : चन्द्र भण्डारी शिक्षा कामपाको ‘विवाद’ सुल्झिदै : कहिले, कस्तो आउला नीति तथा कार्यक्रम र बजेट ? राजनीति पत्रकारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गर्नु दुःखद : सांसद रिजाल

विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, ५ जेष्ठ ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा साेमबार नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।विजयनगर आधारभूत अस्पताल बद्धाैरमा विशेषज्ञ स्वास्थ्य शिविर गरिएको अस्पताल प्रशासनले जनाएको छ । विजयनगर गाउँपालिकाकाे आयाेजना र लुम्बिनी स्वास्थ्य निर्देशनालयकाे सहयोगमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भएको अस्पतालका इन्चार्ज इन्द्र प्रसाद भण्डारीले जानकारी दिए ।

एक दिने स्वास्थ्य शिविरमार्फत ३ सय ९३ जनाले सेवा लिएका छन् । जसमा पुरुष १ सय ६३ जना र महिला २ सय ६२ जनाले सेवा लिएका छन् । नि:शुल्क शिविरबाट दाँत तथा मुख राेग सेवा, जनरल फिजिसियन सेवा, महिला तथा प्रसुति विशेषज्ञ सेवा, छाला राेेग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियोे ।

प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले ग्रामिण क्षेत्रमा अस्पताल सञ्चालनले नागरिकलाई स्वास्थ्य सेवा प्राप्तिका लागि सहज भएको बताए । आधारभूत अस्पतालबाट विशेषज्ञ सेवाहरु प्रदान गर्नका लागि सञ्चालन भएको स्वास्थ्य शिविरले अधिकांश नागरिकहरु लाभान्वित भएको बताउँदै अस्पताल सञ्चालन हुनु नै गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएकाे उनकाे भनाइ छ । अस्पतालले स्थानीय स्तरमै गरिब, विपन्न र ग्रामिण भेगका नागरिकलाई प्रत्यक्ष सेवाले बढी लाभान्वित हुने भन्दै उनलेे प्रशंसा गरे ।

यस्तै विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले स्वास्थ्यलाई प्राथमिकतामा राखेकाे बताउँदै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि अस्पतालमा सेवा सुचारु भएको बताए । उनले अस्पताल सञ्चालनका लागि ठुलो चुनाैती भए पनि गुणस्तरीय सेवा प्रवाह गर्न गाउँपालिका प्रयासरत रहेकाे बताए ।

गाउँपालिकाले विभिन्न नि:शुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरि सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा दिँदै आएकाे बताए । अस्पताल सञ्चालन भएपछि २ जना डाक्टरहरुले सेवा दिइरहेको अध्यक्ष थापाले जनाए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, प्रहरी नायब उपरीक्षक माेहन मणि अधिकारी, इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्द, स्वास्थ्य शाखा प्रमुुख यज्ञ प्रसाद अधिकारी लगायतकाे उपस्थिति थियोे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP