Trending

‘सार्वणि’ उपन्यासलाई तानसेन प्रज्ञा उत्कृष्ट कृति पुरस्कार!

 

काठमाडौं : तानसेन प्रज्ञा उत्कृष्ट कृति पुरस्कारबाट डा. श्रीधर खनालको कृति सार्वणिलाई प्रदान गरिने भएको छ।

लुम्बिनी प्रदेशसम्बद्ध लेखकहरूद्वारा वि.स २०८१ सालमा लेखिएका विभिन्न कृतिमध्ये प्रतिष्ठानलाई १७ पुस्तक उपलब्ध भएको तानसेन नगर प्रज्ञा-प्रतिष्ठानले जनाएको छ।

ती कृतिहरूमध्येबाट सार्वणि उत्कृष्ट पुस्तकका रूपमा चुनिएको प्रतिष्ठानमा सदस्य सचिव दुर्गा बहादुर थापाले जानकारी दिए। एक समारोहका बीच खनाललाई ६८ हजार रुपैयाँ नगद र ताम्रापत्र सहित सम्मान गरिने उनले बताए।

वि.स२०८१ सालमा एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ सार्वजनिक भएको थियो।

पेशाले बालरोग विशेषज्ञ डा. खनाल अस्तित्व फाउन्डेसनका संस्थापकसमेत हुन्। फाउन्डेसनले क्यान्सर जस्ता घातक रोग लागेका बालबालिकाको उपचारमा सहयोग गर्दै आएको छ। ‘सावर्णि’बाट प्राप्त रोयल्टीको केही प्रतिशत रकम डा. खनालले यही फाउन्डेसनमार्फत समाज सेवामा लगाउँदै आएको छ।

पुस्तकलाई बुकहिलले बजारमा ल्याएको थियो।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP