धनकुटा : साँगुरीगढी गाउँपालिका ५ ओख्रेबाट अवैध लागूऔषध गाँजा ८ सय ९० किलोग्राम र मोबाइल ४ थानसहित सोही गाउँपालिका २ बुढीमोरङ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले बुढीमोरङबाट मोरङको केराबारीतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ५२३८ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा २९ वटा बोरामा रहेको उक्त गाँजा फेला पारी पिकअपमा सवार उनलाई पक्राउ गरेको हो।
प्रहरीले हाल फरार पिकअप चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया