Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एपीएफलाई हराउँदै एभरेष्ट भलिबल क्लब बन्यो तेस्रो

 

काठमाडौं : नवौं पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फ एभरेष्ट भलिबल क्लब तेस्रो बनेको छ।

पोखरा कबर्डहलमा केहीबेर अघि सकिएको खेलमा एभरेष्टले विभागीय टोली एपीएफलाई ३–१ को सेटमा हरायो। पहिलो सेट २५–१८ ले जितेको एभरेष्ट दोस्रो सेटमा १०–२५ मा पराजित हुन पुग्यो।

तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै एभरेष्टले २५–१३ ले आफ्नो पक्षमा पार्‍यो। चौथो सेट निकै प्रतिस्पर्धात्मक बन्यो। चौथो सेटमा एभरेष्ट २९–२७ को सेटमा विजयी भयो। महिलातर्फको उपाधिका लागि नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल आज दिउँसो १२ हुनेछ।

यस्तै पुरुषतर्फ गण्डकी प्रदेश र हेल्प नेपालले उपाधिका लागि खेल्नेछन्। पुरुषतर्फको फाइनल खेल दिउँसो ३ बजे हुनेछ।

नेपाल भलिबल संघको आयोजनामा एक साता चलेको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको थियो। दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउने छन्।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP