Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अमेरिकामा कोरोना भाइरसको दैनिक सङ्क्रमण दर १ लाख पुग्ने विज्ञको चेतावनी

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण दर दैनिक १ लाख पुग्ने विज्ञले चेतावनी दिएका छन् ।

अमेरिकाका सङ्क्रामक रोगका वरिष्ठ विज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसको सङ्क्रमण रोकथाममा गरिएको प्रयास पर्याप्त नभएकोले दैनिक सङ्क्रमण १ लाख पुग्ने चेतावनी दिनुभएको हो ।

थप प्रभावकारी उपाय नअपनाइएमा अमेरिकामा अहिलेको सङ्क्रमण दरभन्दा दोब्बर बढी अर्थात दैनिक एक लाख मानिस सङ्क्रमित हुनसक्ने डा. फाउचीको चेतावनी छ । अहिले अमेरिकामा दैनिक सरदर ४० हजार मानिस सङ्क्रमित हुने गरेका छन् । आउँदा दिनहरू अमेरिकाका लागि  थप चुनौतीपूर्ण हुने उहाँको भनाई छ ।

उहाँले नागरिकस्तरबाट पनि सङ्क्रमण कम गर्न सामाजिक दूरी राख्ने र मास्क लगाउने नियम पालना हुनुपर्नेमा जोड दिनुभएको छ । अमेरिकी सिनेटको समितिले आयोजना गरेको  सुनुवाईमा डा. फाउचीले भाइरस नियन्त्रण गर्न नसकिएको प्रष्टै देखिएको बताउनुभयो हो ।

अमेरिकाको दक्षिण र पश्चिमका राज्यहरूमा सङ्क्रमण तीव्र रूपमा बढीरहेको देखिएको बीबीसीले जनाएको छ । डा. फाउचीले फ्लोरिडा, एरिजोना, टेक्सस र क्यालिफोर्नियालाई अहिले तीव्र गतिमा महामारी फैलिएको राज्यको रूपमा उदाहरण दिनुभएको छ ।

ती  राज्यले व्यवसाय र कारोबार खोल्ने आफ्नो पूर्व योजना स्थगित गरेका छन् । डा. फाउचीका अनुसार देशका केही भागमा रोकथामको राम्रो काम भइरहे पनि देशको एउटा भागमा प्रकोप रहँदा अरू पनि जोखिमा परेका छन् ।  जहाँ सङ्क्रमण बढी छ त्यहाँ मात्र ध्यान दिन नसकेकाले सिंगो देश नै जोखिममा परेको उहाँको भनाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP