Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पोखरामा जुवा तास खेलिरहेका १७ जना चार लाखसहित पक्राउ

 

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले जुवा तास खेलिरहेको अवस्थामा पोखराबाट १७ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जि.सी. का अनुसार पोखराका दुई स्थानबाट उनीहरूलाई कुल चार लाख १३ हजार रुपैयाँ सहित नियन्त्रणमा लिइएको हो।

जुवा तास खेल्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–१० रक्षा मार्ग अनुसन्धान गरेको थियो। उक्त स्थानबाट जुवा तास खेलिरहेका नौ जनालाई नगद दुई लाख बाइस हजार असी रुपैयाँ सहित पक्राउ गरिएको हो।
उक्त जुवाको खालबाट पोखरा महानगरपालिका–१९ लामाचौर बस्ने ३८ वर्षीय ई प्रसाद छन्त्याल, पोखरा–११ फूलबारी बस्ने ३९ वर्षीय हेम नारायण गर्बुजा, पोखरा–१२ माटेपानी बस्ने ४१ वर्षीय लिल प्रसाद गुरुङ, पोखरा–२९ सैनिक बस्ती बस्ने ५१ वर्षीय टेक बहादुर गुरुङ, पोखरा–१६ बस्ने ३४ वर्षीया रेनु गर्बुजा, पोखरा–९ न्युरोडमा बस्ने ३४ वर्षीया दिपा पुन, पोखरा–१५ नयाँगाँउ बस्ने ३२ वर्षीया जेनिषा पुन, पोखरा–१४ चाउथे बस्ने ३७ वर्षीया पुष्पा पुन र पोखरा–१० रक्षा मार्ग बस्ने ३९ वर्षीय दल बहादुर पुन रहेका छन्।

यस्तै जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–१५ घले चोकमा जुवा तास खेल्दै गरेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक जि.सी.का अनुसार उनीहरूको साथबाट एक लाख ९० हजार नौ सय पचासी रुपैयाँ बरामद भएको छ।

उक्त स्थानबाट पोखरा–१० बस्ने ३४ वर्षीय चन्द्र बहादुर पुन, ४४ वर्षीया कल्पना भन्ने टिकामाया आले, ३७ वर्षीया विष्णु थापा, पोखरा–१५ लक्ष्मी टोल बस्ने ४२ वर्षीया सोनी गुरुङ, घले चोक बस्ने ४२ वर्षीया हिमाल गुरुङ, पोखरा–१९ लामाचौर बस्ने ४५ वर्षीया केश कुमारी गुरुङ, पोखरा–१० बस्ने ५१ वर्षीया टोप बहादुर थापा र पोखरा–१५ मितेरी टोलमा बस्ने ६७ वर्षीय बलराम गुरुङ रहेका छन्।

पक्राउ परेका सबै जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको कास्की प्रहरीले बताएको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP