Trending
flash कपिलवस्तु-३ मा काँग्रेसका शाह विजयी अन्तर्राष्ट्रिय नाबालिगका लागि पोर्न साइट बन्द खेल इङ्ल्याण्डलाई हराउँदै आयोजक भारतले टी- २० विश्वकपको फाइनलमा राजनीति शेखर कोइराला २५ सय मतले पछाडी राजनीति सर्लाही-४ मा गगनभन्दा अमरेश दोब्बर मतले अगाडि flash कपिलवस्तु-३ मा अभिशेष प्रताप शाह ७७१ मतले अग्रस्थानमा कपिलवस्तु क्षेत्र समाज २४ घण्टामा मतगणना सम्पन्न गर्ने तयारी अन्तर्राष्ट्रिय नागरिकको उद्धारका लागि सैन्य उडान र चार्टर उडानको व्यवस्था खेल खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा अन्तर्राष्ट्रिय पश्चिम एशिया तनाव : खाडीमा रहेका नेपालीको सुरक्षा चिन्ता

सरकारलाई जसपा नेपालको समर्थन कायमै, बुधबारको बैठकले पनि लिएन फिर्ता

 

काठमाडौं : जसपा नेपालले संघ सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको तीन हप्ता बितिसकेको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिले औपचारिक निर्णय गर्ने जिम्मा संसदीय दललाई दिएको छ।

तर पटक–पटक बैठक बसे पनि संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। बुधबार बसेको दलको बैठकले पनि उक्त निर्णय नगरेको जसपा नेपाल संसदीय दलका प्रमुख सचेतक रेखा यादवले जानकारी दिइन्।

सबै सांसदहरू अनुपस्थित रहेकाले बुधबारको बैठकले समर्थन फिर्ताको निर्णय नगरेको यादवले बताइन् । ‘आजको बैठकले समर्थन फिर्ताको निर्णय गरेन । किन भने सबै सांसदहरू पनि उपस्थित हुनुभएन’, उनले भनिन्, ‘अब २९ वा ३० गते अर्को बैठक बस्छ। त्यसले निर्णय गर्छ।’

प्रमुख सचेतक यादवले बुधबारको बैठक भूमि विधेयकमा केन्द्रित रहेको बताइन्। उनले भनिन्, ‘आजको बैठक खासगरी भूमि अध्यादेशमा केन्द्रित भयो । आजै कार्यसूचीमा चढेर पनि यो फिर्ता भएको छ, जहाँ हाम्रो आपत्ति छ।’

जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन भने फिर्ता लिइसकेको छ। संघ सरकार पनि असफल भएको निष्कर्ष निकाल्दै समर्थन फिर्ता लिने भने पनि औपचारिक निर्णय गरेको छैन।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP