Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बुटवलमा पहिलो ब्यवस्थित अर्गानिक कृषि बजार स्थापना

रुपन्देही २९ साउन

प्रदेश ५ सरकारको कृषि मन्त्रालयले कृषिक्षेत्रमा धेरै नयाँ कामको थालनी गरेकोछ । गरीबीको रेखामुनि रहेका १२ जिल्लाका किसानलाई कृषि उपकरण अनुदानमा वितरण गर्ने देखि किसानले उत्पादन गरेका कृषि उपज सहकारी मार्फत खरीद र विक्री वितरणको ब्यवस्था मिलाउने काम भएकाछन् ।

यसै बीच पछिल्लो पटक गाउँका किसानलाई अर्गानिक तरकारी उत्पादन गर्न प्रोत्साहन गर्ने र शहरका उपभोक्ताहरुलाई स्वच्छ तरकारी उपलव्ध गराउने मूख्य उद्देश्यसहित बुटवलमा पहिलो ब्यवस्थित अर्गानिक कृषि बजार स्थापना भएको छ ।

बुधबार उक्त कृषि बजारको उदघाटन गर्दै प्रदेश ५ की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अव किसानले पनि अर्गानिक उत्पादनलाई अव विशेष जोड दिनुपर्ने र उपभोक्ताले पनि त्यस्ता उत्पादनलाई प्राथमिकता साथ खरिद गरेर प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कृषि बजारमा विभिन्न ६० वटा कृषि समूहले उत्पादन गरेका कृषिजन्य तरकारी उपज विक्रीका लागि राखिएको छ । आर्थिक समृद्धिका लागि ग्रामिण कृषि उद्यमशीलता कम्पनी प्रालिले ४४ लाख रुपैया लगानी गरी उक्त अर्गानिक कृषि बजार स्थापना गरेको हो ।

उक्त प्रालिका अध्यक्ष बामदेव क्षेत्रीले गाउँका किसानहरुको अर्गानिक उत्पादनलाई शहरमा विक्री गरी किसान र उपभोक्ताबीच पुलको काम गर्न लागिएको र यसवाट किसान र उपभोक्ता दुवैलाई फाईदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष क्षेत्रीले किसानलाई पहिला अर्गानिक खेती गर्ने तरिकाबारे जानकारी दिने, सोही अनुसारको कृषिजन्य उत्पादन र ती बस्तुको बजारीकरण गर्नमा कृषि बजारले विशेष भूमिका खेल्ने अपेक्षा राखिएको उल्लेख गर्नुभयो । प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंक लिमिटेडको आर्थिक सहयोगमा कृषि स्थापना गरिएको प्रालिले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP