Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

महिला युरो कप : इटाली र नर्वे भिड्दै

 

काठमाडौं : महिला युरोकपमा क्वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदै छन्।

आज हुने पहिलो क्वाटरफाइनलमा इटाली र नर्वे आमनेसामने हुन लागेका हुन्। स्विट्जरल्यान्डको स्टेट डे जेनेभमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ।

नर्वे समूह ए को विजेताका रुपमा अन्तिम आठमा प्रवेश गरेको हो भने इटाली समूह बी को उपविजेताका रुपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो।

नर्वे समूह चरणमा अपराजित टोली हो। उसले समूह चरणमा आयोजक स्विट्जरल्यान्ड र फिनल्याण्डलाई समान २-१ गोलले पराजित गरेको थियो भने आइसल्यान्डलाई ४-३ गोलले हराएको हो।

इटालीले भने बेल्जियमलाई १-० ले हराएको थियो भने स्पेनसँग ३-१ गोलले पराजित हुन पुग्यो यस्तै पोर्चुगलसँग १-१ गोलको बराबरी खेलेको थियो।

प्रतियोगिता अन्तर्गत शुक्रबार राति स्विडेन र इङ्ल्याण्ड, शनिबार राति स्पेन र स्विट्जरल्याण्ड र आइतबार राति भिड्ने छन्।

सेमिफाइनलका खेल भने आगामी बुधबारदेखि सुरु हुनेछ भने फाइनल खेल आगामी २७ जुलाइमा हुनेछ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP