Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कीर्तिपुर रङ्गशाला निर्माणको काम थमाधम, थिति बसाल्न दण्ड गर्‍यौ : प्रधानमन्त्री ओली

कीर्तिपुर रङ्गशाला निर्माणको काम थमाधम, थिति बसाल्न दण्ड गर्‍यौ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम तोकिएको समयमा सम्पन्न नहुँदा हर्जाना तिरेर काम गरिरहेको बताउनु भएको छ।

 

प्रधानमन्त्री ओलीले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको उल्लेख गर्दै सरकारी निर्माण सम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेको बताउनुभयो।

 

‘कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ। तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको छ।’ उनले भनेका छन्– ‘तीन सिफ्टमा काम गर्दा पनि वर्षा लगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ।

 

तर अहिले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको छ । सरकारी निर्माण सम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेका छौं।’

 

रंगशालाको मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजी जेभी र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीसँग फागुन १९ र २२ गते सम्झौता भएको थियो। प्यारापिटको लागि ४९ करोड २५ लाख र फ्लडलाइटको लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको थियो।

 

सहरी विकास मन्त्रालयका अनुसार ठेकेदार कम्पनीले सम्झौताअनुसार काम समयमा नसकाएका कारण दैनिक जरिवाना लागु भएको छ।

 

सम्झौतामा योजनाको कुल लागतको ० दशमलव ०५ प्रतिशत दैनिक हर्जाना तिर्नुपर्ने व्यवस्था छ, जसअनुसार ठेकेदार कम्पनीले दैनिक करिब दुई लाख जरिवाना तिरेर अहिले द्रुत गतिमा काम गरिरहेको छ।  थाहा खबर

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP