Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बढ्दैछ अपराध : कारागारबाट छुट्ने भन्दा थपिने बढी

 

चितवन : कारागार कार्यालय चितवनबाट एक वर्षमा छुटेर जानेभन्दा थपिनेको संख्या बढेको छ। विभिन्न मुद्दामा फैसला हुन बाँकी भएर वा फैसला भएर आएका कैदी एवं बन्दीको संख्या छुटेर जानेकोभन्दा धेरै रहेको पाइएको हो।

कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार गत आर्थिक वर्षमा कारागार कार्यालयमा ८०८ जना कैदीबन्दी नयाँ थपिएका छन्। यस्तै, सोही समयमा ६७२ जना छुटेको उनले जानकारी दिए। उनका अनुसार थपिएका कैदीबन्दीमध्ये १५० जना नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) का हुन् भने अन्य चितवनका छन्।

गत वर्षमा यस कारागारबाट स्थानान्तरण भएर विभिन्न कारागार गएका कैदीहरूको संख्या १४५ जना छ। यस्तै, उपचारका लागि विभिन्न कारागारबाट आउने कैदी छ जना रहेको उनले जानकारी दिए।

उक्त अवधिमा ४२ जनाले ‘प्यारोल’ सुविधा लिएका छन्। प्यारोल सुविधाका लागि एक वर्षभन्दा बढी कैद तोकिएका र दुई तिहाइ कैद भुक्तान गरेका हुनुपर्ने हुन्छ।

कारागारमा गत आर्थिक वर्षमा दुईजना कैदीबन्दीको मृत्यु भएको उनले जानकारी दिए। क्यान्सर रोगका कारण उनीहरूको मृत्यु भएको हो। अहिले कारागार कार्यालयमा ७३० जना छन्। जसमध्ये ६८४ जना पुरुष र ४६ जना महिला रहेका छन्। तीसँग आश्रित पाँचजना बालबालिका रहेका छन्। कारागारमा ४७० पुरुष र ३५ जना महिला राख्ने क्षमता रहेको छ।  थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP