Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बालेनविरुद्ध कवाड व्यवसायी आज पनि सडकमा, गुण्डागर्दी गरेको आरोप

 

काठमाडौँ : कवाड व्यवसायीले काठमाडौँ महानगरपालिकाविरुद्ध आज पनि विरोध प्रदर्शन गरेका छन्।

कवाड व्यवसायी सङ्घर्ष समिति नेपालको आह्वानमा कवाड व्यवसायीहरूले बिहीवार पनि विरोध जनाएका हुन्। भृकुटीमण्डपमा भेला भएका व्यवसायीहरू जुलुससहित कमलादीस्थित काठमाडौँ महानगरपालिका कार्यालय घेराउमा गएका हुन्।

उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कवाड व्यवसायीमाथि गुण्डागर्दी गरेका आरोप लगाउँदै मेयर साहविरुद्धको प्रदर्शन लेखिएको व्यानर बोकेर भृकुटीमण्डपमादेखि कमलादीसम्म र्‍याली गरेका छन्।

महानगरले दुई वर्षदेखि कवाड व्यवसायी र सङ्कलक मजदुरमाथि अन्यायपूर्ण व्यवहार गरिरहेको उनीहरूको आरोप छ। उनीहरूले महानगरद्वारा गरिएको कुटपिट, सामान जफत र संरचना भत्काउने कार्य तत्काल बन्द गर्न माग गरेका छन्।

मजदुरहरूले ‘कवाड व्यवसायीको श्रमको सम्मान गर’, ‘अन्यायपूर्ण कार्य तुरुन्त बन्द गर’, ‘अदालतको निर्णयलाई सम्मान गर’, लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर विरोध गरेका थिए । व्यवसायीहरूले सोमबार पनि महानगरको कार्यलय घेराउ गरेका थिए।  थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP