घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १० बैशाख ।
डिभिजन बन कार्यालय कपिलवस्तु (गौतमबुद्ध) अन्तर्गत सब-डिभिजन बन कार्यालय शिवगढीको आयोजनामा बन डढेलो नियन्त्रण सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार शिवराज नगरपालिका-९ प्रकाश माध्यमिक विद्यालय सुन्दरी डाँडामा आयाेजित बन डढेलो नियन्त्रण कार्यक्रममा बन क्षेत्रमा बढ्दो डढेलो नियन्त्रण, जनचेतना अभिवृद्धि तथा स्थानीय तह, समुदाय र सम्बन्धित निकायबीच समन्वय बढाउने विषयमा बृहत छलफल गरिएको थियो ।
कार्यक्रममा बन क्षेत्रमा आगो लगाउने कार्य रोक्न, सुक्खा घाँसपात तथा ज्वलनशील वस्तु समयमै व्यवस्थापन गर्न र जोखिमयुक्त क्षेत्रमा नियमित गस्ती बढाउनुपर्नेमा जोड दिएका थिए । डढेलो लागेमा तत्काल सम्बन्धित निकायलाई खबर गर्ने, सामूहिक रूपमा नियन्त्रणमा जुट्ने तथा सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने, सरोकारवालाहरूले समन्वय, सतर्कता र जनसहभागिता मार्फत मात्र बन डढेलो प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने लगायत विषयमा अन्तरक्रिया गरिएको हाे ।
डिभिजन बन कार्यालय कपिलवस्तु (गौतमबुद्ध) का सिनियर डिभिजन बन अधिकृत महेन्द्रराज वाग्लेले बन डढेलो नियन्त्रणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । उनले वन डढेलो नियन्त्रण बन कार्यालयको मात्र जिम्मेवारी नभई स्थानीय सरकार, समुदाय र नागरिक सबैको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे ।
त्यस्तै शिवराज नगरपालिका-९ का वडा अध्यक्ष राम गोपाल चौधरीले बन संरक्षणसँगै डढेलो न्यूनीकरणमा स्थानीयवासी सचेत हुनुपर्ने बताए । उनले बन साझा सम्पत्ति भएकाले यसको संरक्षण र डढेलोबाट जोगाउन सबै जिम्मेवार हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, सामुदायिक बन उपभोक्ता समूह, युवा क्लब, स्थानीय संघसंस्था तथा स्थानीयबासीहरूको उल्लेखनीय उपस्थिति थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया