Trending
flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे

बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १० बैशाख ।

डिभिजन बन कार्यालय कपिलवस्तु (गौतमबुद्ध) अन्तर्गत सब-डिभिजन बन कार्यालय शिवगढीको आयोजनामा बन डढेलो नियन्त्रण सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार शिवराज नगरपालिका-९ प्रकाश माध्यमिक विद्यालय सुन्दरी डाँडामा आयाेजित बन डढेलो नियन्त्रण कार्यक्रममा बन क्षेत्रमा बढ्दो डढेलो नियन्त्रण, जनचेतना अभिवृद्धि तथा स्थानीय तह, समुदाय र सम्बन्धित निकायबीच समन्वय बढाउने विषयमा बृहत छलफल गरिएको थियो ।

कार्यक्रममा बन क्षेत्रमा आगो लगाउने कार्य रोक्न, सुक्खा घाँसपात तथा ज्वलनशील वस्तु समयमै व्यवस्थापन गर्न र जोखिमयुक्त क्षेत्रमा नियमित गस्ती बढाउनुपर्नेमा जोड दिएका थिए । डढेलो लागेमा तत्काल सम्बन्धित निकायलाई खबर गर्ने, सामूहिक रूपमा नियन्त्रणमा जुट्ने तथा सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने, सरोकारवालाहरूले समन्वय, सतर्कता र जनसहभागिता मार्फत मात्र बन डढेलो प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने लगायत विषयमा अन्तरक्रिया गरिएको हाे ।

डिभिजन बन कार्यालय कपिलवस्तु (गौतमबुद्ध) का सिनियर डिभिजन बन अधिकृत महेन्द्रराज वाग्लेले बन डढेलो नियन्त्रणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । उनले वन डढेलो नियन्त्रण बन कार्यालयको मात्र जिम्मेवारी नभई स्थानीय सरकार, समुदाय र नागरिक सबैको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे ।

त्यस्तै शिवराज नगरपालिका-९ का वडा अध्यक्ष राम गोपाल चौधरीले बन संरक्षणसँगै डढेलो न्यूनीकरणमा स्थानीयवासी सचेत हुनुपर्ने बताए । उनले बन साझा सम्पत्ति भएकाले यसको संरक्षण र डढेलोबाट जोगाउन सबै जिम्मेवार हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, सामुदायिक बन उपभोक्ता समूह, युवा क्लब, स्थानीय संघसंस्था तथा स्थानीयबासीहरूको उल्लेखनीय उपस्थिति थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP