Trending

विजयनगरमा ३ दिने जनकेन्द्रित स्वास्थ्य सेवा अवधारणा तालिम

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २० बैशाख ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा ३ दिने जनकेन्द्रित स्वास्थ्य सेवा अवधारणा सम्बन्धी तालिम सुरु भएको छ । पहुँच कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त तालिम सहकर्मी समाजको आयोजना, गाउँपालिकाको समन्वय तथा जर्मनीको सहयोगमा सञ्चालनमा आएको हो ।

कार्यक्रम संयोजक पुनाराम पन्थीका अनुसार स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार, सेवा गुणस्तर सुधार तथा सेवाग्राहीमैत्री स्वास्थ्य प्रणाली विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । उनले जनकेन्द्रित स्वास्थ्य सेवा अवधारणाले नागरिकको आवश्यकता, अधिकार र सहभागितालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्ने पद्धति स्थापित गर्न मद्दत गर्ने बताए ।

स्वास्थ्य सेवा प्रणालीलाई नागरिकमैत्री बनाउन आवश्यक व्यवहारिक ज्ञान, योजना निर्माण, सेवा व्यवस्थापन तथा समुदायसँगको सहकार्यका विषयमा जाेड दिएकाे छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुरले जनताको नजिकको सरकारका रूपमा स्थानीय तहले स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै यस्ता तालिमले सेवा प्रवाहमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।

यस्तै उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले स्वास्थ्य सेवामा समावेशिता, पहुँच र गुणस्तर अभिवृद्धिका लागि जनकेन्द्रित अवधारणा प्रभावकारी माध्यम बन्न सक्ने धारणा राखिन् ।

तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा स्वास्थ्य सेवा प्रणालीलाई नागरिकमैत्री, प्रभावकारी र दिगो बनाउने विषयमा विभिन्न प्रस्तुति, समूह छलफल, अनुभव आदान-प्रदान तथा अभ्यासात्मक सत्रहरू सञ्चालन गरिने जनाइएको छ ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, प्रहरी, समाजसेवी, स्वास्थ्यकर्मी लगायत  सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागितामा सञ्चालित तालिमलाई राजाराम गुप्ताले सहजीकरण गरिरहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP