कृष्णनगर, २० बैशाख ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ।
महाराजगञ्ज नगरपालिका-९ बस्ने बासुदेव अहिरले हराएको लु ४४ प ४००९ नम्बरको मोटरसाइकल खोजतलासका लागि दिएको निवेदनका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा इलाका प्रहरी कार्यालय महाराजगञ्जबाट खटिएको टोलीले चोरीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिँदै मोटरसाइकल बरामद गरेको हो ।
प्रहरीका अनुसार कालो रङको एचएम मोडलको सिबि शाइन मोटरसाइकल महाराजगञ्ज नगरपालिका-१ शिवपुर क्षेत्रबाट फेला परेको हो । घटनामा संलग्न कृष्णनगर नगरपालिका-७ का १९ वर्षीय श्याम विश्वकर्मा र अर्घाखाँची घर भएका २५ वर्षीय विकास विश्वकर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि चोरी सम्बन्धी कसुरमा कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया