Trending
flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे

मोतीपुर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने सरकारकाे निर्णय

काठमाडौं : सरकारले रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोतीपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीसँगको झडपमा परी असोज २४ गते चार जनाको मृत्यु भएको थियो। प्रहरीको गोली गम्भीर घाइते अस्पतालमा लैजाँदै गर्दा उनीहरूको बाटोमै मृत्यु भएको हो। युनिभर्सलमा पाँच जना प्रहरीसहित आठ जना सर्वसाधारणलाई उपचारका लागि पुर्‍याइएको थियो।

यसमध्ये चार जनाको मृत्यु भएको हो। मोतीपुर क्षेत्र निकै तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यू लगाएको थियो। मन्त्रिपरिषद् बैठककै प्रसंगमा सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेस गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ।

कुस्मामा चार सय केबी सब स्टेशन र जुम्ला सब स्टेशनका लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने, नेपाल कृषि तथा वन सेवा समूह समूहीकरण तर्फ राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गर्ने, कीर्तिपुर नगरपालिका र चीनको वाइ प्रोभिन्सस्थित हु ह्याङ शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृती दिने निर्णय भएको पनि बताए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP