Trending
flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे

प्रदेश १ : कात्तिक ३० मा विश्वासको मत लिने मुख्यमन्त्री राईको तयारी

विराटनगर : प्रदेश १  सरकारका मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका छन्।

धनकुटामा मंगलबार पत्रकारसँगको कुराकानीमा उनले कात्तिक ३० गने विश्वासको मत लिने तयारी रहेको बताएका हुन्।  

४ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरि शपथ लिएका मुख्यमन्त्री राईलाई गठबन्धन सत्ता भागबण्डा गरी छिटो सरकार विस्तार गर्नुपर्ने बाध्यता छ।

निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले कात्तिक १५ मा पदबाट राजीनामा दिएपछि बहुमत सांसदको हस्ताक्षर बुझाएर कात्तिक १६ मा मुख्यमन्त्री नियुक्त भएका राईले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने प्रतिक्रिया दिँदै आइरहेका छन्।

विश्वासको मत लिनेसम्बन्धी के छ तयारी भन्ने जिज्ञासामा उनले भने, ‘हामी कात्तिक ३० गते विश्वासको मत लिन्छौं।’

कात्तिक १५ गतेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा गर्ने घोषणा गरेपछि सभामुखले प्रदेशसभाको अर्को बैठक कात्तिक २३ गते बस्ने घोषणा गरेका थिए।

तर, १७ गते प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी विशेष कारणले कात्तिक ३० गतेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएको थियो।

यता नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले कात्तिक ३० गते संसदको बैठक बोलाइएको तथा गठबन्धनको बैठक बसेर बैठकबाट विश्वासको मत लिने विषयमा निर्णय हुने जानकारी दिए।

उनले भने, ‘छठपछि गठबन्धनको बैठक बसेर थप छलफल हुनेछ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP