काठमाडौं : शुक्रबार बसेको नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा विभिन्न दल र शक्तिहरूसँग भएको वार्ताबारेको रिपोर्ट प्रस्तुत भएको छ।
बैठकमा महासचिव डा वेदुराम भुषालले रिपोर्ट प्रस्तुत गरेको र रिपोर्ट बारेको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
यस्तै बैठकले कुनैपनि पार्टीको शक्ति, क्षमता र जनाधार, राजनीतिक दृष्टिकोण र महत्वका आधारमा सबैसँग वार्ता गर्ने निर्णय पनि गरेको उनले बताए।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले विभिन्न पार्टीबाट आफ्नो पार्टीमा प्रवेशको लागि विभिन्न जिल्लाका नेताहरुसँग छलफल भइरहेको जानकारी गराएका थिए।
उनले एमाले अध्यक्ष केपी ओलीले षडयन्त्रमूलक तरिकाले झुट र भ्रम फैलाइरहेका भन्दै त्यसविरुद्ध लाग्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया