Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दैछ। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बैठक बस्ने देउवाको सचिवालयले जनाएको छ।

बैठकमा आइतबार बस्ने पार्टीको केन्द्रीय समिति बैठकको तयारी र पार्टीको आसन्न १४औं महाधिवेशनबारे छलफल गर्ने तयारी रहेको बताइएको छ। महाधिवेशनको मिति पटकपटक सर्दै आएकाले यसपटक पनि अन्तिम समयमा आएर सर्ने शंका उत्पन्न भएको छ।

महाधिवेशनमा नेतृत्वको आकांक्षी र गुटका कारण सस्थापन र सस्थापनइतर समूहबीच तीव्र मतभेद छ। शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक राखेका थिए। बिहीबार सभापति देउवाले पनि आफ्नो समूहका नेताहरुसँग छुट्टै छलफल गरेका थिए।

सस्थापन र सस्थापनइतर समूहबाट सभापतिका लागि साझा उम्मेद्वार उठाउने प्रयास भइरहे पनि आकांक्षी धेरै देखिएका छन्। कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने तयारी छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP