Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

माओवादी केन्द्रद्वारा भोली देशैभर टोल भेलाको आयोजना

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारी तीब्र पारेको छ। सोही अनुरुप भोलि आइतवार देशैभर टोल भेलाको आयोजना गर्ने भएको  छ।’भोलि देशैभर टोल भेला हुन्छन्। मंसिर ४ गते वडा अधिवेशन गरी सबै वडामा नयाँ कमिटी आउँछन्,’ माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम प्रसाद ढकालले भने।यसैबीच सम्मेलनको तयारी स्वरुप माओवादी केन्द्रले शुक्रबार केन्द्रीय सदस्यको भर्चुअल बैठक राखी विधान संशोधन गरेको छ।

संशोधित विधान अनुरुप अब एक व्यक्ति एक पदको नीति लाई अगाडि बढाएको छ।अहिले पार्टीमा जिल्ला अध्यक्ष प्रदेश अध्यक्ष केन्द्रीय सदस्य पनि थिए। अब जिल्लामा नयाँ व्यक्ति आँउछन्। नयाँ नेतृत्व अगाडि बढाउन यस्तो नीति लिइएको एक केन्द्रीय सदस्यले बताए।वडासम्मेलन पछि पालिका सम्मेलन आयोजना गर्नेछ। माओवादी केन्द्रले पुसमा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दै छ।

शुक्रबार बसेका भर्चुअल बैठकले स्थानीय कमिटीको पदाधिकारी संख्या पनि थपेको छ। जस अनुसार अब हरेक पालिकामा सात पदाधिकारी हुनेछन्। हरेक पालिकामा तीन उपाध्यक्षको व्यवस्था गरिएको छ। त्यस्तै वडामा तीन पदाधिकारी हुनेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP