Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

सभामुखबाट प्रतिपक्षलाई साथ दिएर सत्ता पक्षलाई विभेद ः मुख्यमन्त्री राई

विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारीमाथि प्रतिपक्ष एमालेलाई साथ दिएर सत्ता पक्षलाई विभेद गरेको आरोप लगाएका छन्।

मंगलबार प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएपछि सभाबाट बाहिरिने क्रममा पत्रकारसँग मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।

उनले आजको नेपाल बन्द (नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको)  प्रतिपक्षको बहाना मात्र भएको दाबी गरे।

बन्दको बहाना बनाएर प्रतिपक्षीले दुःख दिने नियत राखेको र सभामुखले सो कदमलाई सघाएको आरोपसमेत उनले लगाए।

‘आजको बन्द त एउटा बहाना मात्रै हो, आज सर्वसाधारण पनि आवतजावत गरिरहेको सन्दर्भमा सांसदहरू आउन नसक्ने अवस्था पनि थिएन,’ उनले भने, ‘यदि कहीँ सूचित भएको भए सांसदलाई ल्याउन सरकारले बन्दोबस्त गर्ने पनि हो, त्यसकारण यो उहाँहरुको नियत खराब भएको कारण बन्दको बहानामा उहाँ अनुपस्थित भएको मात्रै हो।’

उनले कार्य व्यवस्था परामर्शको बैठकमा प्रतिपक्ष उपस्थित भएको र विश्वासको मत प्रस्ताव असफल बनाउने एमालेको नियत भएकाले उपस्थिति नजनाएको उनको आरोप छ।

सभामुख भण्डारीले जहिले पनि ४१ जना भनेर गनेको भन्दै मुख्यमन्त्री राईले निर्णायक अवस्थाबाहेक सभामुखले मत दिनै नपाउने हुँदा पनि सधैँ आफूलाई प्रतिपक्षी सांसदकै रूपमा गनेकोमा आपत्ति जनाए।

मुख्यमन्त्री राईले आज विश्वासको मत लिनेसम्बन्धी कार्यसूची सार्वजनिक भइसकेको बताउदै उनले पदमा नियुक्त भएको ३० दिनभित्र मुख्यमन्त्रीले जुन दिन चाह्यो– त्यो दिन विश्वासको मत लिन पाउने व्यवस्था रहेको उनले बताए।

उनले भने, ‘आजको बैठक सार्नुपर्ने कुनै कारण नै होइन। यो खाली दुःख दिने नियतमात्र भयो।’

संविधानमा पनि विपक्षी अनुपस्थित हुँदैमा  विश्वासको मत लिन रोक्नुपर्छ भन्ने प्रावधान नरहेको बताउँदै उनले भने, ‘मुख्यमन्त्रीसँग निर्भर रहने कुरा हो यो व्यवस्था र वातावरण सभामुखले मिलाउनुपर्छ तर यहाँ त सभामुख र प्रतिपक्षी दललाई मन लागेन भने बैठक नै नबस्ने भन्ने जस्तो देखियो।’

एमालेको अनुपस्थितिले बैठक स्थगित

प्रदेशसभाबाट मंगलबार विश्वासको मत लिने तयारीमा रहेको प्रदेश १ को सत्तारूढ पाँचदलीय गठबन्धनको तयारी प्रतिपक्षी दल एमालेको अनुपस्थितिका कारण असफल भएको छ।

सभामुख प्रदीपकुमार भण्डारीले नेपाल संसदमा प्रतिपक्षी दलको उपस्थिति नभएका कारण बैठक स्थगित गरेको जानकारी दिँदै भोलि (बुधबार) साढे ११ सम्मका लागि बैठक स्थगित गरेका हुन्।

संसद नियमावलीमा कोही पनि प्रतिपक्षी दलका सांसद संसदमा उपस्थित नभए बैठक चल्न नसक्ने उल्लेख छ। सोहीअनुसार बैठक स्थगित भएको सभामुखको भनाइ छ।

सभामुख भण्डारीले भोलि बस्ने बैठकमा विपक्षी दलको तर्फबाट सांसदहरू अनिवार्य उपस्थित हुन आग्रह गरेका छन्।

एमालेका प्रदेश १ का प्रमुख सचेतक बुद्धिराज राजभण्डारीले नेपाल बन्दका कारण जिल्ला गएका प्रदेशसभा सदस्य आइनपुगेकाले आजको बैठक स्थगित गर्न माग राख्दै संसद सचिवालयमा पत्र दिएका थिए।

संसदको अंकगणित

मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक छ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ४१, नेपाली कांग्रेसका २१, नेकपा (माओवादी केन्द्र)का १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १/१ जना प्रदेश सांसद छन्।

एमालेका ४१ मध्ये एक जना प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले कीर्ते कागजात मुद्दामा दोषी ठहर गरेदेखि फरार छन्।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पाँचदलीय गठबन्धनसँग ५० जना सांसद छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP